अन्तरिक्षमा लाने केटीको खोजीमा जापानी डिजाइनर « Khabarhub

अन्तरिक्षमा लाने केटीको खोजीमा जापानी डिजाइनर


२२ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जापानका प्रख्यात फेसन डिजाइनर युसाकु मियाजावा।

फेसनबाटै अर्बपति भएका उनका सपना अनेकखाले छन । त्यस्ता अनेकखाले सपनामा उनको पछिल्लो  महत्वकांक्षी सपना हो अन्तरिक्षमा डुल्ने त्यो पनि केटीका साथ ।

चर्चित व्यवसायी एलेन मस्कको कम्पनी स्पेस एक्सले अन्तरिक्ष पर्यटन शुरु गर्ने दिन नजिकिदै जाँदा उनको मन अत्तालिन थालेको छ।

यत्रो टाढाको यात्रा, त्यो पनि एक्लै भनेर उनि चिन्तित छन । त्यसैले आफूसँगै कोही सुन्दरी हिँडिदिए जाती हुन्थ्यो भन्ने कामनाका साथ उनले केटी खोजिरहेका छन ।

४४ वर्षे मियाजावा सन् २०२३ मा पहिलो पर्यटक चन्द्रमाको छेउ पुगेर आउने योजनामा छन् ।

यति ‘विशेष यात्रा’ एक्लै जानु पर्दा उनी हल्का विस्मातमा परेका छन्। त्यसैले त उनले ट्वीटरमा लेखेका छन्, ‘मसँग चन्द्रमासम्म पुग्ने ‘पहिलो महिला’ बन्न कोही इच्छुक छ ?’

उनले आफूसँग जाने कोही २० वा २० वर्षभन्दा माथिको केटी साथी खोजिरहेका छन्। हालै प्रसारित एउटा टेलिभिजन डकुमेन्ट्री ‘फुल मुन लभर्स’मा समेत उनले यही कुरा दोहोर्‍याएका छन ।

केही महिनाअघि मात्र २७ वर्षीया अभिनेत्री अयामी गोरिकीसँग उनको सम्बन्ध विच्छेद भएको थियो । ‘म उनीसँग अन्तरिक्षमा चिच्याउन चाहन्छु,’ उनले ट्वीटरमा लेखेका छन्।

आउँदो २५ र २६ तारिखमा मा आफूसँग जान चाहने युवतीको परिक्षण गर्ने समेत उनले जनाएका छन ।

जोजो नामक फेसन कम्पनी चलाइरहेका मियाजावाले यस यात्राका लागि करिब १.४ बिलियन पाउन्ड खर्च गरिसकेका छन्।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  ७ : ०८ बजे

रूपन्देहीमा एक वर्षमा ७७७ उद्योग तथा व्यावसायिक फर्म बन्द

रूपन्देही- रूपन्देहीमा साना तथा घरेलु उद्योग र व्यावसायिक फर्म बन्द हुने

भोटेकोशी बाढीमा बेपत्ता काभ्रेका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढ्यो

काभ्रेपलाञ्चोक- रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका

दक्षिणकाली मन्दिरमा भक्तजन (तस्बिरहरू) 

काठमाडौँ- काठमाडौँको दक्षिणकाली नगरपालिका–६ मा अवस्थित प्रसिद्ध दक्षिणकाली मन्दिरमा शुक्रबार

विद्यालयमा डीआई होइन काउन्सिलर राखाैँ

शिक्षा भनेको एक गतिशील प्रक्रिया हो। आजको आवश्यकता र भोलिको

बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालन

काठमाडौँ– भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा