अमेरिकामा राष्ट्रपति चुनावका उम्मेद्वार छनौट सुरु « Khabarhub

अमेरिकामा राष्ट्रपति चुनावका उम्मेद्वार छनौट सुरु


२२ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकामा आउँदो नोभेम्बरमा हुन लागेको राष्ट्रपति चुनावको उम्मेद्वार चुनिने प्रक्रिया सुरु भएको छ ।

नेपाली समय अनुसार मंगलबार बिहान भएको मदान प्रक्रियाको नतिजा समेत आउन थालेको छ ।

६० प्रतिशत भन्दा बढी मत गणना हुँदा डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेद्वार बन्ने होडमा रहेका मध्ये सबैभन्दा कम उमेरका पिट् बुटजजले अग्रता बनाएका छन् ।

डेमोक्र्याटिक तथा रिपब्लिकन पार्टीका समर्थकले आफ्नो तर्फबाट उम्मेद्वार छनौटका लागि सोमबारदेखि क्रमिक रुपमा मतदान सुरु गरेका हुन् ।

रिपब्लिकन पार्टीका तर्फबाट वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प नै आउँदो चुनावमा पनि उम्मेदवार बन्ने पक्का भएकाले रिपब्लिकनहरुका लागि औपचारिकता मात्रै हुनेछ ।

अमेरिकामा सामान्यतयाः एउटा राष्ट्रपतिलाई दुई कार्यकालसम्म निरन्तरता दिने प्रचलन रहँदै आएको छ ।

डेमोक्र्याटिक पार्टीमा भने ट्रम्पसँग प्रतिस्पर्धा गर्नका लागि उम्मेदवार बन्ने होडमा अझै पनि ११ जना आकांक्षी छन् ।

उम्मेदवार चयनका लागि हुने प्राइमरी मतदान आउँदो जुनसम्म जारी रहन्छ ।

आयोवा ककसको ६२ प्रतिशत मतको नतिजा आउँदा इन्डियाना राज्यको साउथ बेण्डका पूर्व मेयर बुटजजले २६.९ प्रतिशत मत प्राप्त गरेका छन् ।

यस्तै बर्नी सान्डर्स २५.१ प्रतिशतसहित दोस्रो स्थानमा छ । सन् २०१६ को चुनावमा हिलारी क्लिन्टनसँग पराजित भएर उम्मेदवारी नपाउका बर्नी यसपटक बलियो देखिएका छन् ।

यस्तै सिनेटर एलिजाबेथ वारेन १८.३ प्रतिशत मतसहित तेस्रो स्थानमा छिन् । आयोवामा पूर्वउपराष्ट्रपति जो बाइडेन १५.६ प्रतिशत मतसहित चौथो स्थानमा छन ।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  ७ : ३१ बजे

भारतमाथि न्युजिल्यान्डले निकाल्यो ५० रनको जित

काठमाडौं – टी-२० शृङ्खलाको चौथो खेलमा न्युजिल्यान्डले भारतमाथि जित निकालेको

आजको मौसम पूर्वानुमान : उच्च पहाडमा हिमपात र वर्षा, कुन प्रदेशको अवस्था के छ ?

काठमाडौं – हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको

नेपाल र चीनका गभर्नरबीच भेटवार्ता : सहकार्यका विषयमा छलफल

काठमाडौं – चीन भ्रमणमा रहेका नेपाल राष्ट्र बैङ्कका गभर्नर प्राडा

निर्वाचन ३५ दिन बाँकीः नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति

काठमाडौं – निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सकेसम्म

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय