कोरोना भाइरसको कारण देखाउँदै ओलाङचुङगोला नाका बन्द « Khabarhub

कोरोना भाइरसको कारण देखाउँदै ओलाङचुङगोला नाका बन्द


२२ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ- कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने भन्दै चीनले ताप्लेजुङको ओलाङचुङगोला नाका बन्द गराएको छ ।

चीनमा फैलिएको कोरोना भाइरस सीमावर्ती हुँदै छिमेकी मुलुकमा समेत फैलन सक्ने भन्दै नाकामा आवतजावत बन्द गराएको हो ।

यही माघ १६ गते चीनको तिब्बतस्थित रिउ प्रशासनबाट केही अवधिसम्मका लागि आवतजावत नगर्न नगराउन जानकारी भएको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन शेर्पाले जानकारी दिए ।

सडक निर्माणका लागि आएका चिनियाँ कामदारको टोली फर्किएलगत्तै रिउ प्रशासनबाट आवतजावतमा रोक लगाउन अनुरोध भएको उनले बताए ।

‘आफ्नो देशमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको र आवतजावतका कारण अन्यत्रसमेत फैलनसक्ने भन्दै यसबाट बच्न केही समयसम्मका लागि आवतजावतमा रोक लगाइदिन भनेर रिउ प्रशासनबाट अनुरोध भएको छ र हाल आवतजावत पनि भएको छैन’, अध्यक्ष शेर्पाले भने।

नाका बन्द हुँदा एक/दुई महिनासम्म कुनै समस्या नहुने तर त्यो भन्दा पछि बर्खाको समयमा पनि बन्द नै रहे समस्या हुने गाउँपालिकाका प्रवक्तासमेत रहनुभएका शेर्पाको भनाइ छ ।

बर्खाको समयमा याङ्मा, थुदाम, ओलाङचुङगोला र तोक्पेगालावासी दैनिक उपभोग्य सामग्रीका लागि चिनियाँबजारकै भरमा रहने गरेका छन् । बर्खामा बाढीपहिरोलगायतका कारण त्यहाँका बासिन्दा सदरमुकाम फुङलिङसम्म आइपुग्न सक्दैनन् ।

‘अहिले सीमाक्षेत्रमा हिउँ परेकाले रिउ बजारमा ओहोरदोहोर पनि हुँदैन तर बर्खामा भने बाढीपहिरोका कारण सदरमुकामलगायत नजिकका नेपाली बजारमा आउन जान नसकिने हुनाले सो समयमा खाद्यान्नलगायतका दैनिक उपभोग्य सामानका लागि रिउ बजारकै भर पर्नुपर्छ’, प्रवक्ता शेर्पाले भने ।

उनका अनुसार विशेषगरी याङ्मा र थुदामका बासिन्दा बर्खाभर चिनियाँबजारकै भरमा रहने गरेका छन् ।

सीमावर्ती क्षेत्रका बासिन्दाले रिउ बजारबाट याक र चौँरीलाई बोकाएर सामान ढुवानी गर्ने गर्छन् । आफूले उत्पादन गरेका गलैँचालगायतका सामग्रीको मुख्य बजार रिउ नै रहेकाले र ढुवानीका हिसाबले पनि सहज हुने भएकाले रिउलाई मुख्य बजारका रूपमा लिने गरिएको बताइएको छ ।

सदरमुकाम फुङलिङबाट ओलाङचुङगोला पुग्न झण्डै दुई दिनको समय लाग्छ । यता याङ्मा, थुदाममा पुग्न भने त्यो भन्दा बढी समय लाग्छ ।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  ७ : २७ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।