ललितपुरमा घर नम्बर राखिदै « Khabarhub

ललितपुरमा घर नम्बर राखिदै


२२ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ललितपुर महानगरपालिका–३ बाट मेट्रिक ठेगाना प्रणाली अनुसार घर नम्बर राख्ने काम अघि बढेको छ ।

महानरपालिका प्रमुख चिरिबाबु महर्जनले मङ्गलबार तीन वटा नम्बरप्लेट ‘१८७३ सत्यमोहन जोशी मार्ग’ महानगरपालिकाको कार्यालयमा, ‘२९१ पुल्चोक झम्सीखेल मार्ग’ वडा नं ३ को कार्यालयमा र ‘३५ भनीमण्डल मार्ग’ लिखित प्लेट सेन्टमेरिज विद्यालयको गेटमा टाँसेर उक्त कामको शुभारम्भ गरे ।

ग्वार्कोबाट महानगरपालिकाको पछाडि उत्तरी गेटसम्म मापन गरिएको १८७३ नम्बरप्लेटको दूरी हो ।

यसैगरी २९१ नम्बरप्लेट झम्सीखेल चोकबाट वडा नं ३ को वडा कार्यालयसम्म र ३५ नम्बरप्लेट भनीमण्डल चोकदेखि सेन्टमेरिज विद्यालयको गेटसम्मको दूरी रहेको महर्जनले जानकारी दिए ।

वडा नं ३ मा पाँच हजार घरधुरी रहेका हुँदा हाललाई परियोजनाका रूपमा एक हजार घरमा नम्बरप्लेट राखिएको उनले जानकारी दिए ।

परियोजना अघि बढाउँदै जाँदा काम गर्न समस्या भएन भने यसैअनुरूप दोस्रो चरणको काम अघि बढाइने महर्जनको भनाइ छ । घर नम्बर प्रणालीको विकासले घर पत्ता लगाउने समस्याको अन्त्य भई स्मार्टसिटीको परिकल्पना सकारात्मक बनाउन सहयोग गर्ने महर्जनको बुझाइ छ ।

नगरपालिकामा रहेका अन्य ८७ घरलाई दोस्रो चरणको योजना बनाएर नम्बरप्लेट राखिने तयारी भएको छ। महानगरपालिका भित्र कूल ८८ हजार घर छन् । यी मध्ये ५८ हजार ४२३ आवासीय घर र बाँकी अन्य करीब ३० हजार घर व्यापारिक महल आदि छन्  ।

नम्बरप्लेट राख्न इच्छुक व्यक्तिले घरजग्गाको कर तिरिसकेको हुनुपर्ने र प्रतिनम्बरप्लेट जडान गरेवापत एउटा घरले एक हजार तिर्नुपर्ने जनाइएको छ ।

कार्यक्रममा महानगरपालिकाभित्र वार्षिक दुई हजार घर थपिँदै गएको, पहिलो चरणको परियोजनामा चार करोड २१ लाख ३० हजार खर्च भइसकेको जानकारी दिइयो ।

 

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  ८ : ३५ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको