त्रिकोणात्मक सिरिज : नेपालले लियो ओमानको दोस्रो विकेट « Khabarhub

त्रिकोणात्मक सिरिज : नेपालले लियो ओमानको दोस्रो विकेट


२२ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी क्रिकेट वर्ल्ड कप लिग टूमा नेपालले ओमानको दोस्रो विकेट लिएको छ ।

टस हारेर त्रिवि क्रिकेट मैदानमा ब्याटिङ गरिरहेको ओमानले ६ दशमलव २ ओभरमा दोस्रो विकेट गुमाएको हो ।

नेपालका लागि करण केसीले नै दोस्रो विकेट लिए । घरेलु दर्शकले हौसिएको नेपालले उत्कृष्ट प्रदर्शन गर्नै  पहिलो ओभरमै ओमानको विकेट लिएको थियो ।

ओमानका ओपनर जतिन्दर सिंहलाई पहिलो ओभरको अन्तिम वलमा ४ रनमा आउट गरेका केसीले खवार अलीलाई आउट गरेका छन ।

लगातार विकेट गुमाइरहेको ओमान अझ दबाबमा परेको छ । एक दिवसीय मान्यता पाएपछि नेपालले घरेलु मैदानमा पहिलो सिरिज खेलिरहेको हो।

त्रिवि किकेट मैदानमा कीर्तिपुरमा ओमानसँग खेल्दै नेपालले २०२३ मा हुने विश्वकपको यात्रा शुरु गर्नेछ । यसअर्थमा आजको दिन नेपाली क्रिकेटका लागि निकै महत्वपूर्ण मानिएको छ ।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  १० : ०४ बजे

आर्थिक समृद्धिको आधार जडीबुटी : प्रशोधन र ‘ब्रान्डिङ’ मा जोड

काठमाडौं– अमूल्य जडीबुटी  तथा जैविक विविधताका दृष्टिले हाम्रो मुलुक विश्वको

राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्षको भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति भवनमा

प्रधानमन्त्री बालेनलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा एकजना पक्राउ

काठमाडौं– प्रधानमन्त्री  बालेन (बालेन्द्र) शाहलगायतका नेतालाई  गाली गरेका सामग्री युटुबमा

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?  

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल

प्रधानमन्त्री बालेनको भारत भ्रमणको सहमति भइसकेको परराष्ट्रमन्त्रीको भनाइ : मिति तय गर्न बाँकी

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको भारत