त्रिकोणात्मक सिरिज : ओमानविरुद्ध नेपाललाई तेस्रो सफलता « Khabarhub

त्रिकोणात्मक सिरिज : ओमानविरुद्ध नेपाललाई तेस्रो सफलता


२२ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी क्रिकेट वर्ल्ड कप लिग टूको जारी खेलमा ओमानविरुद्ध नेपाललाई तेस्रो सफलता मिलेको छ ।

टस हारेर त्रिवि क्रिकेट मैदानमा ब्याटिङ गरिरहेको ओमानले तेस्रो विकेट पनि गुमाएको छ । ओमानका अक्विव लायस रन आउट भएका छन । उनि १२ दशमलव ३ ओभरमा १६ रनमा आउट भएका हुन । उनलाई दिपेन्द्र सिंह ऐरीले रन आउट गरेका हुन ।

यो सँगै ओमानले १२.३ ओभरमा ३ विकेटको क्षतिमा मात्र ३९ रन बनाएको छ । नेपाली बलरले लगातार दबाव सृजना गरेपछि ओमानको इनिङ्स धर्माराएको छ ।

करण केसीको २ विकेट

एक दिवसीय मान्यता पाएपछि घरेलु मैदानमा खेलिरहेको नेपालका लागि करण केसीले उत्कृष्ट प्रदर्शन गरेका छन । केसीले पहिलो ओभरमै ओमानको विकेट लिएर दबाव सृजना गरेका थिए ।

केसीले ओमानका ओपनर जतिन्दर सिंहलाई पहिलो ओभरको अन्तिम वलमा ४ रनमा आउट गरे । सिंह ६ वल खेल्दै ४ रनामा आउट भए । केसीले नै खवार अलीलाई ५ रनमा आउट गरे । अली ६ दशमलव २ ओभरमा १५ वलको सामना गर्दै मात्र ५ रन बनाएर पेभेलियन फर्किए ।

घरेलु दर्शकको साथले हौसिएको नेपाल ओमानसँग जीत हात पार्दै सन् २०२३ मा हुने विश्वकपको यात्राको प्रारम्भिक बिन्दु सुखद बनाउने सोचमा छ । यसअर्थमा आजको दिन नेपाली क्रिकेटका लागि निकै महत्वपूर्ण मानिएको छ ।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  १० : ३० बजे

राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्षको भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति भवनमा

प्रधानमन्त्री बालेनलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा एकजना पक्राउ

काठमाडौं– प्रधानमन्त्री  बालेन (बालेन्द्र) शाहलगायतका नेतालाई  गाली गरेका सामग्री युटुबमा

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?  

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल

प्रधानमन्त्री बालेनको भारत भ्रमणको सहमति भइसकेको परराष्ट्रमन्त्रीको भनाइ : मिति तय गर्न बाँकी

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको भारत

कूटनीतिबाट सैन्य लक्ष्य पूरा हुँदैन : इरान

टोकियो– अमेरिका–इरान तनावबीच कूटनीतिक वार्ताको औचित्यमाथि प्रश्न उठाउँदै जापानस्थित इरानी