त्रिकोणात्मक सिरिज : ओमानविरुद्ध नेपाललाई तेस्रो सफलता « Khabarhub

त्रिकोणात्मक सिरिज : ओमानविरुद्ध नेपाललाई तेस्रो सफलता


२२ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी क्रिकेट वर्ल्ड कप लिग टूको जारी खेलमा ओमानविरुद्ध नेपाललाई तेस्रो सफलता मिलेको छ ।

टस हारेर त्रिवि क्रिकेट मैदानमा ब्याटिङ गरिरहेको ओमानले तेस्रो विकेट पनि गुमाएको छ । ओमानका अक्विव लायस रन आउट भएका छन । उनि १२ दशमलव ३ ओभरमा १६ रनमा आउट भएका हुन । उनलाई दिपेन्द्र सिंह ऐरीले रन आउट गरेका हुन ।

यो सँगै ओमानले १२.३ ओभरमा ३ विकेटको क्षतिमा मात्र ३९ रन बनाएको छ । नेपाली बलरले लगातार दबाव सृजना गरेपछि ओमानको इनिङ्स धर्माराएको छ ।

करण केसीको २ विकेट

एक दिवसीय मान्यता पाएपछि घरेलु मैदानमा खेलिरहेको नेपालका लागि करण केसीले उत्कृष्ट प्रदर्शन गरेका छन । केसीले पहिलो ओभरमै ओमानको विकेट लिएर दबाव सृजना गरेका थिए ।

केसीले ओमानका ओपनर जतिन्दर सिंहलाई पहिलो ओभरको अन्तिम वलमा ४ रनमा आउट गरे । सिंह ६ वल खेल्दै ४ रनामा आउट भए । केसीले नै खवार अलीलाई ५ रनमा आउट गरे । अली ६ दशमलव २ ओभरमा १५ वलको सामना गर्दै मात्र ५ रन बनाएर पेभेलियन फर्किए ।

घरेलु दर्शकको साथले हौसिएको नेपाल ओमानसँग जीत हात पार्दै सन् २०२३ मा हुने विश्वकपको यात्राको प्रारम्भिक बिन्दु सुखद बनाउने सोचमा छ । यसअर्थमा आजको दिन नेपाली क्रिकेटका लागि निकै महत्वपूर्ण मानिएको छ ।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  १० : ३० बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज