काठमाडौं– आईसीसी क्रिकेट वल्र्ड कप लिग टूमा नेपालले ओमानको पाँचौं विकेट लिएको छ ।
टस हारेर त्रिवि क्रिकेट मैदानमा ब्याटिङ गरिरहेको ओमानले १८ दशमलव ६ ओभरमा पाँचौं विकेट गुमाएको हो ।
नेपालका लागि सुशन भारीले १ बलको फरकमा लगातार २ विकेट लिए ।
नेपालका लागि करन केसीले सुरुवाती २ विकेट लिएका थिए भने तेस्रो विकेटका रुपमा दीपेन्द्रसिंह ऐरीले ओमानका आकिब इलियासलाई रन आउट गरे ।
ताजा अवस्थामा ओमानले १९ ओभरमा ५ विकेट गुमाएर ५७ रन जोडेको छ ।
लगातार विकेट गुमाइरहेको ओमान अझ दबाबमा परेको छ । एक दिवसीय मान्यता पाएपछि नेपालले घरेलु मैदानमा पहिलो सिरिज खेलिरहेको हो ।
त्रिवि किकेट मैदानमा कीर्तिपुरमा ओमानसँग खेल्दै नेपालले २०२३ मा हुने विश्वकपको यात्रा शुरु गर्नेछ । यसअर्थमा आजको दिन नेपाली क्रिकेटका लागि निकै महत्वपूर्ण मानिएको छ ।
प्रतिक्रिया