ओमानविरुद्ध नेपालको उत्कृष्ट प्रदर्शन, ओमानको सातौं विकेट पतन | Khabarhub Khabarhub

ओमानविरुद्ध नेपालको उत्कृष्ट प्रदर्शन, ओमानको सातौं विकेट पतन


२२ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी क्रिकेट वल्र्ड कप लिग टूमा नेपालले ओमानको सातौं विकेट लिएको छ ।

टस हारेर त्रिवि क्रिकेट मैदानमा ब्याटिङ गरिरहेको ओमानले ३४ दशमलव ४ ओभरमा सातौं विकेट गुमाएको हो ।

नेपालका लागि सातौं विकेट दिपेन्द्र सिंह ऐरीले लिए । उनले ४१ दशमलव ४ ओभरमा बादल सिंहलाई ५ रनमा आउट गरेका हुन । सिंह क्याच आउट भएका हुन ।

प्रतियोगितामा सुशन भारीले व्यक्तिगत तेस्रो तथा टिमका लागि छैठौ विकेट दिलाएका छन । भारीले ३८ दशमलव ४ ओभरमा ‍सन्दिप गौडलाई ३३ रनमा आउट गरे ।

यसअघि उनले १८ औं ओभरमा १ बलको फरकमा लगातार २ विकेट लिएका ।

नेपालका लागि करन केसीले सुरुवाती २ विकेट लिएका थिए भने तेस्रो विकेटका रुपमा दीपेन्द्रसिंह ऐरीले ओमानका आकिब इलियासलाई रन आउट गरे ।

यो समाचार तयार पार्दासम्म ओमानले ४२ ओभरमा ६ विकेट गुमाएर १ सय २२ रन बनाएर खेलिरहेको छ  ।

लगातार विकेट गुमाइरहेको ओमान अझ दबाबमा परेको छ । एक दिवसीय मान्यता पाएपछि नेपालले घरेलु मैदानमा पहिलो सिरिज खेलिरहेको हो ।

त्रिवि किकेट मैदानमा कीर्तिपुरमा ओमानसँग खेल्दै नेपालले २०२३ मा हुने विश्वकपको यात्रा शुरु गर्नेछ । यसअर्थमा आजको दिन नेपाली क्रिकेटका लागि निकै महत्वपूर्ण मानिएको छ ।

 

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  १२ : १५ बजे

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार