काठमाडौं– आईसीसी क्रिकेट वल्र्ड कप लिग टूमा नेपालले ओमानको नवौं विकेट लिएको छ ।
टस हारेर त्रिवि क्रिकेट मैदानमा ब्याटिङ गरिरहेको ओमानले ४७ औं ओभरमा दुई विकेट लिएको छ । दुबै विकेट करण केसीले लिएका छन । यो सँगै केसीले प्रतियोगितामा ४ विकेट लिएका छन ।
केसीले नशिम खुशी र कलिमुल्लाहको विकेट लिएका हुन । यसअघि नेपालका लागि सातौं विकेट दिपेन्द्र सिंह ऐरीले लिए । उनले ४१ दशमलव ४ ओभरमा बादल सिंहलाई ५ रनमा आउट गरेका हुन । सिंह क्याच आउट भएका हुन ।
प्रतियोगितामा सुशन भारीले व्यक्तिगत तेस्रो तथा टिमका लागि छैठौ विकेट दिलाएका छन । भारीले ३८ दशमलव ४ ओभरमा सन्दिप गौडलाई ३३ रनमा आउट गरे ।
यसअघि उनले १८ औं ओभरमा १ बलको फरकमा लगातार २ विकेट लिएका ।
नेपालका लागि करन केसीले सुरुवाती २ विकेट लिएका थिए भने तेस्रो विकेटका रुपमा दीपेन्द्रसिंह ऐरीले ओमानका आकिब इलियासलाई रन आउट गरे ।
यो समाचार तयार पार्दासम्म ओमानले ४९ ओभरमा ९ विकेट गुमाएर १ सय ७८ रन बनाएर खेलिरहेको छ ।
लगातार विकेट गुमाइरहेको ओमान अझ दबाबमा परेको छ । एक दिवसीय मान्यता पाएपछि नेपालले घरेलु मैदानमा पहिलो सिरिज खेलिरहेको हो ।
त्रिवि किकेट मैदानमा कीर्तिपुरमा ओमानसँग खेल्दै नेपालले २०२३ मा हुने विश्वकपको यात्रा शुरु गर्नेछ । यसअर्थमा आजको दिन नेपाली क्रिकेटका लागि निकै महत्वपूर्ण मानिएको छ ।
प्रतिक्रिया