वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन « Khabarhub

वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन


२२ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन भएको छ। शर्माको उपचारका क्रममा आज (बुधबार) निधन भएको हो ।

२४ वर्षअगाडि ओपन हार्ट सर्जरी गरिएका शर्मालाई इन्फेक्सन भएपछि उपचारका लागि गंगालाल अस्पताल लगिएको थियो ।

गंगालालमा ५ दिनसम्म उपचारपछि उनलाई मंगलबार राति मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो। मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भेन्टिलेटरमा राखेर उपचार भइरहँदा शर्माको आज निधन भएको हो ।

शर्माको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

शर्माका २ छोरा र श्रीमती छन् ।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  १२ : ४७ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको