अयोध्यामा राम मन्दिर बनाउन ‘ट्रस्ट’ गठन गर्ने मोदीको घोषणा « Khabarhub

अयोध्यामा राम मन्दिर बनाउन ‘ट्रस्ट’ गठन गर्ने मोदीको घोषणा


२२ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अयोध्यामा राम मन्दिर निर्माणका लागि एक स्वायत्त ट्रस्ट गठनको घोषणा गरेका छन् ।

बुधवार(आज) मोदीले लोकसभामा भारतीय सर्वोच्च अदालतको आदेश अनुसार अयोध्यामा ट्रस्ट गठन गरेको जानकारी दिए ।

अदालतले अयोध्या मामलामा फैसला सुनाउँदै मन्दिर बनाउनका लागि केन्द्र सरकारलाई तीन महिनाको समय दिएको थियो जुन समय ९ फेब्रुवरीमा सकिँदैछ ।

प्रधानमन्त्री मोदीले संसदमा भने,‘आज विहान भएको केन्द्रीय मन्त्रिमण्डलेको बैठमा अदालतको आदेशलाई ध्यानमा राख्दै यस दिशामा महत्वपूर्ण निर्णय गरेको छ । अदालतको आदेश अनुसार सरकारले श्रीराम जन्मस्थलमा भगवान रामको भव्य मन्दिर बनाउनका लागि र यससँग सम्बन्धित अन्य विषयका लागि एक वृहद योजना तयार गरेको छ ।’

‘अदालतको आदेश अनुसार एक स्वायत्त ट्रस्ट ‘श्रीराम जन्मभूमि तीर्थ क्षेत्र’ को गठनको प्रताव पारित गरेको छ । यो ट्रस्ट अयोध्यामा भगवान श्रीरामको जन्स्थलमा भव्य र दिव्य मन्दिर बानाउन र त्यससँग सम्बन्धित विषयमा निर्णय लिनका लागि पूर्ण रुपमा स्वतन्त्र हुनेछ ।’

प्रधानन्यायाधिश रञ्जन गोगोईको अध्यक्षताको पाँच न्यायाधीशहरुको समूहले ४० दिनको सुनुवाईपछि केही समयअघि राम मन्दिरबारे फैसला सुनाएको थियो ।

फैसलामा विवादित स्थलमा पूजाको अधिकारको मञ्जुरी र मस्जिदका लागि पाँच एकढ जमिन दिनुका साथ साथै अदालतले मन्दिर निर्माणका लागि बाटो तयार गरेको थियो ।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  १२ : ४७ बजे

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती