काठमाडौं– नेपाली बलरको धारिलो बलिङ सामु निरिह देखिएको ओमानले नेपाललाई १ सय ९८ रनको मध्यम विजयी लक्ष्य दिएको छ ।
टस हारेर ब्याटिङ गरेको ओमान ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा १ सय ९७ रनको मध्यम स्कोरमा समेटिएको हो ।
ओमानका लागि मोहमद नामिदले सर्बाधिक नटआउट ६९ रन बनाउँन बाहेक अरु ब्याट्स्मायनले खासै गतिलो प्रदर्शन गर्न सकेनन ।
ओमानका ६ जना ब्याट्सम्यानले दोहोरो अंकको स्कोर बनाउन सकेनन् । ओमानका जतिन्दर सिंह ४, खवार अली र बादल सिंह समान ५/५ रनमा आउट हुँदा सुरज कुमारले खाता नै खोल्न सकेनन् ।
कलिमुल्लाह १ रनमा आउँट हुँदा बिलल खान ८ रनमा नट आउट रहे । ओमानका लागि सन्दिप गौडले ३३, नाशिम खुशी २८, कप्तान जीसन म्याक्सुडले २० रन तथा आकिब इलियासले १६ रन बनाए ।
नेपालका लागि करण केसीले सर्वाधिक ४ विकेट लिदा सुशसन भारीले ३ विकेट लिए । यस्तै दिपेन्द्र सिंह ऐरीले १ विकेट लिए ।
घरेलु दर्शकको साथले हौसिएको नेपाल ओमानसँग जीत हात पार्दै सन् २०२३ मा हुने विश्वकपको यात्राको प्रारम्भिक बिन्दु सुखद बनाउने सोचमा छ । यसअर्थमा आजको दिन नेपाली क्रिकेटका लागि निकै महत्वपूर्ण मानिएको छ ।
प्रतिक्रिया