बलिउड निर्देशक प्रकाश झाले निफमा मास्टर क्लास दिने « Khabarhub

बलिउड निर्देशक प्रकाश झाले निफमा मास्टर क्लास दिने


२२ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) मा बलिउड निर्देशक प्रकाश झाले प्रशिक्षण दिने भएका छन् । फेस्टिभलमा मुख्य निर्णायकका रुपमा नेपाल आउन लागेका झाले फिल्म निर्देशन सम्बन्धी प्रशिक्षण दिने भएका हुन् ।

आयोजक निफका अनुसार निर्देशक झाले फागुन ३ गते प्रशिक्षण दिनेछन् । झाले भारतमा ७ वटा राष्ट्रिय अवार्ड जितेका छन् । उनी लेखक, निर्माता तथा निर्देशकका रुपमा पनि परिचित छन् ।

यतिबेला फिल्मको शूटिङमा व्यस्त झा नेपाल आउने तयारीमा रहेको किम्फले जनाएको छ । झाले निर्देशन गरेका ‘दामुल’, ‘गंगाजल’, ‘अपहरण’, ‘राजनीति’ लगायतका फिल्म चर्चित छन् ।

फागुनको १ देखि ५ (फेब्रुअरी १३ देखि १७) गतेसम्म काठमाडौंको सभागृह, सर्वनाम थिएटर तथा पर्यटन बोर्डको हलमा सञ्चालन हुने फेस्टिभलमा प्रकाश झासँगै हलिउडका निर्माता, लेखकले पनि कक्षा दिनेछन् ।

५ दिनसम्म चल्ने फेस्टिभलमा नीर शाह निर्देशित फिल्म बासुदेव प्रदर्शन गरिनेछ । साथै फिल्म हेरेपछि छलफल कार्यक्रम पनि राखिनेछ ।

नीर शाहसँगै लेखक ध्रुवचन्द्र गौतम, हरिहर शर्मा र सोफिया उपाध्यायले छलफलमा सहभागिता जनाउनेछन् ।

आयोजकका अनुसार अभिनेता राजेश हमालले पनि आफ्नो फिल्मी यात्राका आरोह अवरोहका बारेमा सुनाउनेछन् ।

फेस्टिभलमा ८० फिल्म प्रदर्शन हुनेछन् । जसमा १० अन्तर्राष्ट्रिय फिचर फिल्म, ३५ सर्ट फिल्म, ५ नेपाली फिचर फिल्म, १५ नेपाली सर्ट फिल्म, ८ डकुमेन्ट्री र ६ एनिमेटेड फिल्म प्रस्तुत गरिनेछन् ।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  २ : ३४ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र