नेपालको तेस्रो विकेट पतन, उपकप्तान ऐरी ३६ रनमा आउट « Khabarhub

नेपालको तेस्रो विकेट पतन, उपकप्तान ऐरी ३६ रनमा आउट


२२ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी विश्वकप लिग २ मा ओमानले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याइरहेको नेपालले तेस्रो विकेट गुमाएको छ ।

कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा जारी खेलको २०.३ ओभरमा उपकप्तान दीपेन्द्रसिंह ऐरी आउट भएका हुन् । ऐरी र शरद भेषावकरले नेपालका लागि ६२ रनको साझेदारी गरेका थिए । ऐरीले ५ चौका र १ छक्का प्रहार गर्दै ३६ रनको योगदान गरे ।

यो सँगै नेपालले २१ ओभरमा ३ विकेट गुमाएर ६७ रन बनाएको छ । यसअघि नेपालका कप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्का आउट भइसकेका छन् ।

शुरुवाती दुई ठूला विकेट झिनो रनमै गुमाउँदा नेपाल दबाबमा देखिएको थियो । तर, दीपेन्द्र र शरदले टिमको ब्याटिङ सम्हाल्ने प्रयास गरेका थिए । यो साझेदारीमा ब्रेक लागेसँगै नेपाली टोलीलाई दबाब बढेको छ ।

ओमानका लागि खलिमुल्लाह, बिलाल खान र मोहम्मद नादेमले एक एक विकेट लिएका छन् ।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  २ : ४९ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका