एमसीसीलाई ‘रिजेक्ट’ गर्नुपर्छ भन्ने मत केन्द्रीय कमिटीको होइन : प्रचण्ड « Khabarhub

एमसीसीलाई ‘रिजेक्ट’ गर्नुपर्छ भन्ने मत केन्द्रीय कमिटीको होइन : प्रचण्ड


२२ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिलिनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) बारे अध्ययन गर्न पार्टीले गठन गरेको समितिले पेश गर्ने प्रतिवेदन हुबहु पास नहुने बताएका छन् ।

प्रेस संगठन नेपाल कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले एमसीसीबारे अध्ययन गर्न बनाइएको तीन सदस्यीय समितिले ल्याएको प्रतिवेदन पार्टीमा छलफल पछि निर्णयमा पुग्ने बताए ।

‘समितिका सदस्यहरुले काम थालिसक्नु भएको छ । पहिलो बैठक बसेर काम अघि बढाइसकेको छ’ प्रचण्डले भने,‘१० दिनपछि उसले जे ल्यायो त्यो पास हुन्छ भन्ने चाँहि होइन । अध्ययन कार्यदल भनेको अध्ययन कार्यदल नै हो । कार्यदलले ल्याउने सचिवालयमा पेश गर्ने र पार्टीले निर्णय गर्ने हुन्छ ।’

एमसीसीका बारेमा केन्द्रीय समितिमा घनिभूत छलफल भएको बताउँदै अध्यक्ष प्रचण्डले भने,‘ एमसीसी समर्थनमा वा ठाडै रिजेक्ट गर्ने या ठाडै समर्थन गर्ने भन्ने भन्दा पनि यो विषय के हो भन्ने कुरा राम्रोसँग बुझ्नु प¥यो भन्ने साथीहरुको कुरा रह्यो ।’

राजनीतिक र जनताको तहमा पनि एमसीसीबारे छलफल हुन थाल्यो त्यही भएर छलफल गरेर निष्कर्षमा पुग्नु पर्‍यो भन्ने सुझाव केन्द्रीय समितिमा आएका कारण समिति बनाइएको उनको भनाइ थियो ।

‘त्यही निष्कर्षलाई ध्यान दिएर सचिवालयबाट छोटो समय लिएर सबैले बुझ्ने गरेर प्रतिवेदन तयार पर्ने भन्यौं’ उनले भने ।

‘एमसीसीलाई अघि बढाउन हुँदैन, ठाडै रिजेक्ट गर्नुपर्छ भन्ने मत केन्द्रीय समितिको पनि होइन’ प्रचण्डले भने,‘ राम्रो सँग बुझेर परिमार्जन गरेर अघि बढ्नु पर्ने हो भने त्यही अनुसार गर्नुपर्छ भन्ने गुञ्जायस भएको हुनाले कार्यदल बनाइएको हो ।’

एमसीसीबारे अध्ययन गर्न नेकपाले बनाएको कार्यदल वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा गठन गरिएको थियो । जसमा प्रदिप ज्ञवाली र भीम रावल सदस्य रहेका छन् ।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  २ : ५९ बजे

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

बाँके– नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

तनहुँ– तनहुँमा वनलाई नै आर्थिक गतिविधिको आधारका रुपमा अगाडि बढाइएको

एमाले बैठकमा ओलीको अनौठो ‘रूप’ : नेता भन्छन्, ‘इतिहासमै यस्तो देखिएको थिएन’

काठमाडौँ – छ महिनापछि सुरु भएको नेकपा एमाले केन्द्रीय कमिटी

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल