नेपालको सातौं विकेट पनि गुम्यो | Khabarhub Khabarhub

नेपालको सातौं विकेट पनि गुम्यो


२२ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी विश्वकप लिग २ मा ओमानले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याइरहेको नेपालको सातौं विकेट गुमेको छ ।

नेपालले ३६.४ ओभरमा सातौं विकेटको रुपमा करण केसीलाई गुमाएको छ । केसी ० रनमा आउट भए ।

सातौं विकेट गुमाउँदासम्म नेपालले १ सय २४ रन बनाएको छ ।

ओमानले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याएर मैदान उत्रिएको नेपाललले शुरुवाती क्षणमै महत्वपूर्ण २ विकेट गुमाएको थियो ।

नेपालका कप्तान ज्ञानेन्द्र मल्ल ६ ओभर खेलेर १ रन मात्रै बनाएर आउट भए भने पारश खड्का १४ बलमा ३ रन मात्रै बनाएर आउट भए ।

त्यसपछि मैदान आएका दीपेन्द्रसिंह ऐर र शरद भेषवाकरले ब्याटिङ लाइन सम्हाल्दै ६२ साझेदारी गरेका थिए । तर, उपकप्तान ऐरी पनि २०.३ ओभरमा ३६ रन बनाउँदै आउट भए ।

उपकप्तान ऐरी आउट भएसँगै नेपालले २३.१ र २३.२ ओभरमा क्रमश चौथो र पाँचौं विकेट गुमाएयो । र २३.१ ओभरमा आरिफ शेख र २३.२ ओभरमा रोहित पौडेल आउट भए ।

रोहित आउट भएपछि मैदान आएका विनोद भण्डारी पनि २६ रन बनाउँदै आउट भए ।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  ३ : ४९ बजे

युवाहरुलाई साथ लिएर अघि बढ्नेछाैँ : प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युवाहरुलाई साथमा

शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौं : हमास

एजेन्सी – हमासले गाजामा जारी द्वन्द्व अन्त्य गर्नको लागि युद्धविराम

विकास-निर्माणका काममा राजनीति नगरौँ : विमलेन्द्र निधि

जनकपुरधाम– नेपाल कांग्रेसका नेता विमलेन्द्र निधिले विकास–निर्माणका गतिविधिमा राजनीति गर्नु

पाँच कम्युनिस्ट पार्टीहरूको बैठक पेरिसडाँडामा

 काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले कम्युनिस्ट विचारधारा बोकेका विभिन्न

गाजामा भएको इजरायली आक्रमणमा १९ जनाको मृत्यु

एजेन्सी – गाजामा इजरायली सेनाले शनिबार विभिन्न क्षेत्रमा गरेको हवाई