नेपालको सातौं विकेट पनि गुम्यो « Khabarhub

नेपालको सातौं विकेट पनि गुम्यो


२२ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी विश्वकप लिग २ मा ओमानले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याइरहेको नेपालको सातौं विकेट गुमेको छ ।

नेपालले ३६.४ ओभरमा सातौं विकेटको रुपमा करण केसीलाई गुमाएको छ । केसी ० रनमा आउट भए ।

सातौं विकेट गुमाउँदासम्म नेपालले १ सय २४ रन बनाएको छ ।

ओमानले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याएर मैदान उत्रिएको नेपाललले शुरुवाती क्षणमै महत्वपूर्ण २ विकेट गुमाएको थियो ।

नेपालका कप्तान ज्ञानेन्द्र मल्ल ६ ओभर खेलेर १ रन मात्रै बनाएर आउट भए भने पारश खड्का १४ बलमा ३ रन मात्रै बनाएर आउट भए ।

त्यसपछि मैदान आएका दीपेन्द्रसिंह ऐर र शरद भेषवाकरले ब्याटिङ लाइन सम्हाल्दै ६२ साझेदारी गरेका थिए । तर, उपकप्तान ऐरी पनि २०.३ ओभरमा ३६ रन बनाउँदै आउट भए ।

उपकप्तान ऐरी आउट भएसँगै नेपालले २३.१ र २३.२ ओभरमा क्रमश चौथो र पाँचौं विकेट गुमाएयो । र २३.१ ओभरमा आरिफ शेख र २३.२ ओभरमा रोहित पौडेल आउट भए ।

रोहित आउट भएपछि मैदान आएका विनोद भण्डारी पनि २६ रन बनाउँदै आउट भए ।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  ३ : ४९ बजे

चुनावी घोषणापत्रका नाममा जनतालाई झुक्याइएको छ : घनश्याम भुसाल

बुटवल– नेकपा (संयुक्त)का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले राजनीतिक दलहरूले चुनावी

गोरखामा बसको ठक्करबाट वृद्धाको मृत्यु

गोरखा– गोरखामा यात्रुबाहक बसको ठक्करबाट ९५ वर्षीया वृद्धाको मृत्यु भएको

गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक, मधेश–तराईको सुरक्षा अवस्थाबारे छलफल

काठमाडौं– समसामयिक राष्ट्रिय विषय, समग्र शान्ति सुरक्षा तथा निर्वाचन सुरक्षासँग

थाइल्यान्डको एक पार्कमा घातक भाइरस सङ्क्रमण, दर्जनौँ बाघ मरे

एजेन्सी– पछिल्लो हप्तामा उत्तरी थाइल्यान्डमा रहेको एक निजी पशु पार्कमा

इतिहासले पन्छाएकाहरू चुनावबारे भ्रम फैलाइरहेका छन् : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले इतिहासमा