नेपालको आठौं विकेट पतन, ५५ रन जोड्दै भेषवाकर आउट « Khabarhub

नेपालको आठौं विकेट पतन, ५५ रन जोड्दै भेषवाकर आउट


२२ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी विश्वकप लिग २ मा ओमानले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याइरहेको नेपालको आठौं विकेट गुमेको छ ।

नेपालले ४३.१ ओभरमा आठौं विकेटको रुपमा शरद भेषवाकरलाई गुमाएको हो । शरदले १०८ बल खेल्दै ५५ रनको योगदान गरेका थिए । उनी एकिव इलियाजको बलमा बोल्ड भएका हुन् ।

नेपाल अहिले ४४ ओभरको समाप्तिसँगै ८ विकेटको क्षतिमा १६४ रन सहित खेलिरहेको छ ।

ओमानले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याएर मैदान उत्रिएको नेपाललले शुरुवाती क्षणमै महत्वपूर्ण २ विकेट गुमाएको थियो ।

नेपालका कप्तान ज्ञानेन्द्र मल्ल ६ ओभर खेलेर १ रन मात्रै बनाएर आउट भए भने पारश खड्का १४ बलमा ३ रन मात्रै बनाएर आउट भए ।

त्यसपछि मैदान आएका दीपेन्द्रसिंह ऐर र शरद भेषवाकरले ब्याटिङ लाइन सम्हाल्दै ६२ साझेदारी गरेका थिए । तर, उपकप्तान ऐरी पनि २०.३ ओभरमा ३६ रन बनाउँदै आउट भए ।

उपकप्तान ऐरी आउट भएसँगै नेपालले २३.१ र २३.२ ओभरमा क्रमश चौथो र पाँचौं विकेट गुमाएयो । र २३.१ ओभरमा आरिफ शेख र २३.२ ओभरमा रोहित पौडेल आउट भए ।

रोहित आउट भएपछि मैदान आएका विनोद भण्डारी पनि २६ रन बनाउँदै आउट भए ।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  ४ : २० बजे

स्थिरता र सुशासनको लागि ‘सिस्टम रिबुट’

नेपालको राजनीति आज जुन गम्भीर र निराशाजनक मोडमा उभिएको छ,

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा

१३औँ पोल्ट्री दिवस मनाइयो

चितवन– चितवनमा १३औँ राष्ट्रिय पोल्ट्री दिवस आज बाजागाजासहित प्रभातफेरी गरेर

एक करोड ६८ लाखमा वडा कार्यालय भवन निर्माण

बागलुङ– तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण भएको छ

जेन-जी अभियन्ताको चेतावनी- समानुपातिक सूची नसच्याए रास्वपालाई भोट हालिदैन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सूची संविधानको