ललिता निवास जग्गा प्रकरणमा मुछिएका व्यक्तिविरुद्ध १ लाख देखि ५२ करोड बढीको भ्रष्टाचार मुद्दा (सूचीसहित) « Khabarhub

ललिता निवास जग्गा प्रकरणमा मुछिएका व्यक्तिविरुद्ध १ लाख देखि ५२ करोड बढीको भ्रष्टाचार मुद्दा (सूचीसहित)


२२ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्रीको सरकारी निवास भएको बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मुछिएकाविरुद्ध १ लाखदेखि ५२ करोड बढीको बिगो दाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले एक सय दश जनाव्यक्ति विरुद्ध बिगो दाबी गर्दै विशेष अदालतमा बुधबार भ्रष्टाचार मुद्दा दायर गरेको हो । अन्य ६५ जना विरुद्ध जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको छ ।

सरकारी जग्गा व्यक्तिका नाममा पुर्‍याउने भूमाफिया शोभाकान्त ढकालले ३९ करोड र राम सुवेदीले ५२ करोड भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।

भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरूङले पनि ढकालले जति नै ३९ करोड २७ लाख ६८ हजार भ्रष्टाचार गरेको अख्तियारको आरोप छ।

तत्कालीन उपसचिव हुपेन्द्रमणि केसीले ३० करोड ३९ लाख ९६ हजार बराबरको भ्रष्टाचार गरेको अख्तियारको अभियोगपत्रमा उल्लेख छ।

त्यस्तै पूर्वमन्त्री विजयगच्छदार, छविराज पन्त, डम्बर श्रेष्ठ, अख्तियारका पूर्वप्रमुख दिपबस्न्यात र जिल्ला न्यायाधीश विनोद गौतमले ९ करोड ६५ लाख ७६ हजार भ्रष्टाचार गरेको अख्तियारले आरोप लगाएको छ ।

न्यायाधीश गौतम उपसचिव हुँदा बालुवाटार जग्गा व्यक्तिको नाममा पुर्‍याउने गरी निर्णय गरेको आरोप अख्तियारको छ।

त्यस्तै पूर्वमन्त्री चन्द्रदेव जोशी र पूर्वसचिव दिनेशहरि अधिकारीले ७ करोड ८ लाख ४८ हजार भ्रष्टाचार गरेको अख्तियारले आरोप लगाएको छ।

विगो बमोजिम जरिवाना र ८ देखि १० वर्षसम्म कैद सजाय माग गरिएको छ। सार्वजनिक पदमा बसेर भ्रष्टाचार गरेकाले उनीहरूलाई थप डेढ वर्ष कैद गर्न पनि अख्तियारले माग गरेको छ।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  ७ : ३२ बजे

लागुऔषध सेवन गरी सवारी चलाउने चार चालक नियन्त्रण

काठमाडौँ – ट्राफिक प्रहरीले काठमाडौँको कोटेश्वरबाट लागुऔषध सेवन गरी सवारीसाधन

एक सय १० जनाले गरे रक्तदान

कास्की – पोखरास्थित रेडियो अन्नपूर्णले शनिबार आयोजना गरेको २१औँ बहृत्

आर्थिक र सामाजिक रुपान्तरण हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ – उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले आर्थिक र

राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या, अस्पताल भर्ना

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या देखिएको छ ।

आईपीएलमा कोलकताविरुद्ध पञ्जाब ७ रनले विजयी

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा शनिबारको पहिलो खेल