झाडी फाड्ने क्रममा भक्तपुरमा भेटियो मानव कंकाल « Khabarhub

झाडी फाड्ने क्रममा भक्तपुरमा भेटियो मानव कंकाल


२२ फाल्गुन २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- मध्यपुरथिमि नगरपालिका–४ राधेराधेस्थित सशस्त्र प्रहरीको पेट्रोल पम्पसँगै पूर्वपट्टी एवं अरनिको राजमार्गको दक्षिणतर्फको सर्भिस ट्रयाकमा जोडिएको खाली जग्गामा मानव कंकाल भेटिएको छ ।

स्थानीय राजेश श्रेष्ठको जग्गाको झाडी फाड्ने क्रममा मानव कंकाल भेटिएको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए ।

उनले मानव कंकालमा रहेको पुरुषको लुगा, टाउको र अन्य शरीरको अङ्गहरुको टुक्रा भेटिएको र कसको कंकाल हो भन्ने पहिचान हुन नसकेको जानकारी दिए ।

प्रारम्भिक अनुसन्धानमा सो कंकाल पुरुषको भएको तथा कंकाल धेरै अगाडिको हुनसक्ने अनुमान प्रहरीको छ ।

घटनास्थलमा शिक्षण अस्पताल महाराजगञ्जको फोरेन्सिक मेडिसिन ल्याबका चिकित्सकको टोली पुगेर अनुसन्धान शुरु गरेको छ । थप अनुसन्धानका लागि सो मानव कंकाल बुधबार नै शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहिबार  ६ : ११ बजे

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना