झाडी फाड्ने क्रममा भक्तपुरमा भेटियो मानव कंकाल « Khabarhub

झाडी फाड्ने क्रममा भक्तपुरमा भेटियो मानव कंकाल


२२ फाल्गुन २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- मध्यपुरथिमि नगरपालिका–४ राधेराधेस्थित सशस्त्र प्रहरीको पेट्रोल पम्पसँगै पूर्वपट्टी एवं अरनिको राजमार्गको दक्षिणतर्फको सर्भिस ट्रयाकमा जोडिएको खाली जग्गामा मानव कंकाल भेटिएको छ ।

स्थानीय राजेश श्रेष्ठको जग्गाको झाडी फाड्ने क्रममा मानव कंकाल भेटिएको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए ।

उनले मानव कंकालमा रहेको पुरुषको लुगा, टाउको र अन्य शरीरको अङ्गहरुको टुक्रा भेटिएको र कसको कंकाल हो भन्ने पहिचान हुन नसकेको जानकारी दिए ।

प्रारम्भिक अनुसन्धानमा सो कंकाल पुरुषको भएको तथा कंकाल धेरै अगाडिको हुनसक्ने अनुमान प्रहरीको छ ।

घटनास्थलमा शिक्षण अस्पताल महाराजगञ्जको फोरेन्सिक मेडिसिन ल्याबका चिकित्सकको टोली पुगेर अनुसन्धान शुरु गरेको छ । थप अनुसन्धानका लागि सो मानव कंकाल बुधबार नै शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहिबार  ६ : ११ बजे

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे