पश्चिमी वायुको प्रभावः मेघ गर्जन तथा हावाहुरी र असिनाको सम्भावना | Khabarhub Khabarhub

पश्चिमी वायुको प्रभावः मेघ गर्जन तथा हावाहुरी र असिनाको सम्भावना


२२ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जल तथा मौसम पूर्वानुमान महाशाखाले मुलुकका पहाडी क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव स्वरुप आंशिक बदलीसहित हावाहुरी र असिनाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाले आगामी तीन दिनको मौसमको पूर्वानुमान जारी गर्दै आज देशका पहाडी भू-भागमा बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेने जनाएको हो । महाशाखाले देशका पश्चिमि भू-भागका लगायत मध्य र पुर्वका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउनुहुन अनुरोध गरेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

फागुन २२ गते (बिहिबार)

दिउँसोः देशका पश्चिमी भू-भागमा सामान्य बदली रही मध्य र पूर्वी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने देखिन्छ। पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ/हावाहुरी/असिना साथै मध्य र पूर्वी पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

रातिः देशको पश्चिमी भू-भागमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। पश्चिमी र मध्यका थोरै स्थानहरुमा गर्जन/चट्याङ/हावाहुरी/असिना र पूर्वी पहाडका एक/ दुई स्थानमा मेघ गर्जन/चट्याङ/हावाहुरी/असिना सहित वर्षाको सम्भावना रहेको छ।

फागुन २३ गते (शुक्रबार)

दिउँसोः देशका पश्चिमी भू-भागमा सामान्य बदली रही मध्य र पुर्वका भू-भागमा आंशिक देखि सामान्य बदली रहने देखिन्छ। पश्चिमी भू-भागका केहि स्थानहरुमा र मध्य र पूर्वी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ /हावाहुरी/असिना सहित वर्षाको सम्भावना रहेको छ साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहन्छ।

रातिः देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। पश्चिमी र मध्यका केही स्थानहरुमा र पूर्वी पहाडका थोरै स्थानमा मेघ गर्जन/चट्याङ/हावाहुरी/असिना सहित वर्षाको सम्भावना रहेको छ साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहन्छ।

फागुन २४ गते (शनिबार)

दिउँसोः देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्/हावाहुरी/असिना सहित वर्षाको सम्भावना समेत रहेको छ भने उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपात हुने देखिन्छ।

रातिः देशभका पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली र बाँकि भू-भागमा आंशिक बदलि रहनेछ। देशका पहाडी भु-भागका एक दुइ स्थानमा मेघ गर्जन/चट्याङ/ सहित वर्षाको सम्भावना रहेको छ साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहन्छ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  ७ : ०० बजे

नेपाल–जापान सम्बन्ध : आर्थिक विकासमा नेपालको लक्ष्य पूरा गर्न जापान सरकार तयार

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालको भ्रमणमा रहेकी जापानी

युद्ध प्रभावितलाई उद्धार गर्न आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले युद्धमा परी विदेशमा मृत्यु भएकाहरूको

पूर्वमन्त्री शेर्पा एमाले जिल्ला उपाध्यक्षमा पराजित, शेरधनले बनाए पकड

भोजपुर-तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको पालमा संस्कृति, पर्यटन तथा नागरिक उड्यन

झन्डै १३ प्रतिशत नेपालीको घर छैन, कति बस्छन् भाडामा ?

काठमाडौं– नेपालको कुल जनसंख्याको झन्डै १३ प्रतिशत नेपालीको आफ्नै घर

जसपा फुट्दै गर्दा अमेरिकाबाट कतार पुग्दैछन् उपेन्द्र यादव

काठमाडौं – आफू नेतृत्वको जनता समाजवादी पार्टी विभाजन हुँदै गर्दा