पश्चिमी वायुको प्रभावः मेघ गर्जन तथा हावाहुरी र असिनाको सम्भावना « Khabarhub

पश्चिमी वायुको प्रभावः मेघ गर्जन तथा हावाहुरी र असिनाको सम्भावना


२२ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जल तथा मौसम पूर्वानुमान महाशाखाले मुलुकका पहाडी क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव स्वरुप आंशिक बदलीसहित हावाहुरी र असिनाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाले आगामी तीन दिनको मौसमको पूर्वानुमान जारी गर्दै आज देशका पहाडी भू-भागमा बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेने जनाएको हो । महाशाखाले देशका पश्चिमि भू-भागका लगायत मध्य र पुर्वका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउनुहुन अनुरोध गरेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

फागुन २२ गते (बिहिबार)

दिउँसोः देशका पश्चिमी भू-भागमा सामान्य बदली रही मध्य र पूर्वी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने देखिन्छ। पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ/हावाहुरी/असिना साथै मध्य र पूर्वी पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

रातिः देशको पश्चिमी भू-भागमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। पश्चिमी र मध्यका थोरै स्थानहरुमा गर्जन/चट्याङ/हावाहुरी/असिना र पूर्वी पहाडका एक/ दुई स्थानमा मेघ गर्जन/चट्याङ/हावाहुरी/असिना सहित वर्षाको सम्भावना रहेको छ।

फागुन २३ गते (शुक्रबार)

दिउँसोः देशका पश्चिमी भू-भागमा सामान्य बदली रही मध्य र पुर्वका भू-भागमा आंशिक देखि सामान्य बदली रहने देखिन्छ। पश्चिमी भू-भागका केहि स्थानहरुमा र मध्य र पूर्वी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ /हावाहुरी/असिना सहित वर्षाको सम्भावना रहेको छ साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहन्छ।

रातिः देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। पश्चिमी र मध्यका केही स्थानहरुमा र पूर्वी पहाडका थोरै स्थानमा मेघ गर्जन/चट्याङ/हावाहुरी/असिना सहित वर्षाको सम्भावना रहेको छ साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहन्छ।

फागुन २४ गते (शनिबार)

दिउँसोः देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्/हावाहुरी/असिना सहित वर्षाको सम्भावना समेत रहेको छ भने उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपात हुने देखिन्छ।

रातिः देशभका पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली र बाँकि भू-भागमा आंशिक बदलि रहनेछ। देशका पहाडी भु-भागका एक दुइ स्थानमा मेघ गर्जन/चट्याङ/ सहित वर्षाको सम्भावना रहेको छ साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहन्छ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  ७ : ०० बजे

अभियोजनलाई प्रविधिमैत्री बनाउन महान्यायाधिवक्ताको पाँच वर्षीय रणनीति

काठमाडौं– महान्यायाधिवक्ता कार्यालयले अभियोजनलाई प्रविधिमैत्री बनाउने परिलक्ष्यका साथ चौथो पञ्चवर्षीय

नारायणी अस्पताल घटनाका घाइते चिकित्सक ट्रमा सेन्टरमा, मन्त्री मेहताद्वारा स्वास्थ्य अवस्थाको जानकारी

काठमाडौं– नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणमा गम्भीर घाइते भएका मेडिकल

देवानगञ्ज घटना : कोशीका डीआईजी, सुनसरीका सीडीओ र एसपीलाई फिर्ता बोलाइयो

काठमाडौं- गयराति सुनसरीमा भएको हिंसात्मक घटनापछि त्यहाँका प्रमुख जिल्ला अधिकारी

फार्मेसी दर्ता तथा नवीकरणमा स्थानीय तहको सिफारिस अनिवार्य

काठमाडौंं– औषधि व्यवस्था विभागले नयाँ फार्मेसी दर्ता तथा सञ्चालनमा रहेका

अवैध बोइलर कुखुरा आयात नियन्त्रणसँगै बाँकेका मासु पसल सञ्चालन

नेपालगञ्ज बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण