कोरोनाको संक्रमण रोक्न हात नमिलाऔं, नमस्कारको बानी बसालौं ! « Khabarhub

कोरोनाको संक्रमण रोक्न हात नमिलाऔं, नमस्कारको बानी बसालौं !


२२ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नोबेल कोरोना भाइरस(कोभिड–१९) को सम्भावित जोखिमलाई मध्यनजर गर्दै चिकित्सकले संक्रमण फैलन नदिन  ‘हात नमिलाउने तथा  नमस्कार गर्ने’ बानी बसाल्न सुझाव दिएका छन् ।

चीनबाट फैलिएको यो भाइरस अहिले विश्वका ८० भन्दा बढी मुलुकमा फैलिएको छ ।  नेपाल पनि उच्च जोखिममा रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएसँगै यसप्रति सचेत रहन चिकित्सकहरुले सुझाव दिएका छन् ।

ज्वरो आउने, हाछ्यूँ आउने र श्वासप्रश्वासमा समस्या देखिने भाइरसका कारण मानिसको ज्यान जान सकिने भएकाले विशेष सतर्कता आउन चिकित्सकले सुझाव दिएका हुन् ।

सरकारले समेत कोरोनाको संक्रमण रोक्न सभा सम्मेलन तथा भीडभाड नगर्न सुझाएको छ । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले नेपालभित्रै हुने भोज भतेर तथा सभाका कार्यक्रम समेत गर्न नहुने बताए ।

‘देशभित्रै पनि भोज भतेर तथा सभा सम्मेलन गर्न उपयुक्त समय छैन,’ मन्त्री ढकालले भने, ‘मान्छेहरु भेट्दा अंगालो हाल्ने, चुम्बन गर्ने भन्दा पनि टाटैबाट नमस्ते गर्ने शैलीहरु अपनायौं भने रोग नियन्त्रणमा सहयोग पुर्‍याउने छ ।’

कोरोनाको संक्रमणबाट ९५ हजार १ सय ८४ जना मानिस संक्रमित भएका छन् । कोरोनाबाट चीनमा सबै भन्दा बढी २९ सय ८१ जनाको मृत्यु भएको छ । त्यहाँ ८० हजार २ सय ८२ मानिस संक्रमित भएका छन् । चीन बाहिर १४ वटा मुलुकमा २ सय ७३ जनाको मृत्यु भइसकेको छ ।

यतिबेला विश्वभर कोरोना भाइरसको त्रास छ । घर, कार्यालय तथा स्कुलमा मास्क अनिवार्य गरिएको छ। संक्रमणको त्रासले एकअर्कालाई स्पर्श नगर्न र बिरामीबाट टाढै रहन सबै सचेत छन्।

हात मिलाउन नमिल्ने भएपछि चीनमा खुट्टा जोडेर अभिवादन गरेको भिडियो समेत सामाजिक सञ्चाजमा भाइरल बनेको थियो । चिनेजानेका आफन्त, साथीभाइ, सहकर्मीलाई भेट्दा अभिवादन गर्ने प्रचलन सबैतिर छ।

त्यसो त नमस्कार गर्नुको वैज्ञानिक कारण पनि छन्। दुवै हात जोड्दा औंलामाथि जोड पर्छ र एक प्रकारको एक्युप्रेसर हुन्छ। यसले हाम्रो दिमाग, कान र आँखा सक्रिय बनाउँछ। आफू सामुन्ने आएका व्यक्तिलाई लामो समयसम्म याद गर्न सकिन्छ।

पूर्वीय संस्कृतिमा सूर्य नमस्कार गरी योग गर्ने चलन छ। बिहान व्यायाम गर्दा शरीरले प्रशस्त भिटामिन डी पाउँछ। नमस्कारले हामीभित्र भएको क्रोध र अहंकार पनि हटाउँछ भन्ने धार्मिक विश्वास समेत रहेको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  ७ : ५३ बजे

अभियोजनलाई प्रविधिमैत्री बनाउन महान्यायाधिवक्ताको पाँच वर्षीय रणनीति

काठमाडौं– महान्यायाधिवक्ता कार्यालयले अभियोजनलाई प्रविधिमैत्री बनाउने परिलक्ष्यका साथ चौथो पञ्चवर्षीय

नारायणी अस्पताल घटनाका घाइते चिकित्सक ट्रमा सेन्टरमा, मन्त्री मेहताद्वारा स्वास्थ्य अवस्थाको जानकारी

काठमाडौं– नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणमा गम्भीर घाइते भएका मेडिकल

देवानगञ्ज घटना : कोशीका डीआईजी, सुनसरीका सीडीओ र एसपीलाई फिर्ता बोलाइयो

काठमाडौं- गयराति सुनसरीमा भएको हिंसात्मक घटनापछि त्यहाँका प्रमुख जिल्ला अधिकारी

फार्मेसी दर्ता तथा नवीकरणमा स्थानीय तहको सिफारिस अनिवार्य

काठमाडौंं– औषधि व्यवस्था विभागले नयाँ फार्मेसी दर्ता तथा सञ्चालनमा रहेका

अवैध बोइलर कुखुरा आयात नियन्त्रणसँगै बाँकेका मासु पसल सञ्चालन

नेपालगञ्ज बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण