कोरोनाको संक्रमण रोक्न हात नमिलाऔं, नमस्कारको बानी बसालौं ! « Khabarhub

कोरोनाको संक्रमण रोक्न हात नमिलाऔं, नमस्कारको बानी बसालौं !


२२ फाल्गुन २०७६, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नोबेल कोरोना भाइरस(कोभिड–१९) को सम्भावित जोखिमलाई मध्यनजर गर्दै चिकित्सकले संक्रमण फैलन नदिन  ‘हात नमिलाउने तथा  नमस्कार गर्ने’ बानी बसाल्न सुझाव दिएका छन् ।

चीनबाट फैलिएको यो भाइरस अहिले विश्वका ८० भन्दा बढी मुलुकमा फैलिएको छ ।  नेपाल पनि उच्च जोखिममा रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएसँगै यसप्रति सचेत रहन चिकित्सकहरुले सुझाव दिएका छन् ।

ज्वरो आउने, हाछ्यूँ आउने र श्वासप्रश्वासमा समस्या देखिने भाइरसका कारण मानिसको ज्यान जान सकिने भएकाले विशेष सतर्कता आउन चिकित्सकले सुझाव दिएका हुन् ।

सरकारले समेत कोरोनाको संक्रमण रोक्न सभा सम्मेलन तथा भीडभाड नगर्न सुझाएको छ । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले नेपालभित्रै हुने भोज भतेर तथा सभाका कार्यक्रम समेत गर्न नहुने बताए ।

‘देशभित्रै पनि भोज भतेर तथा सभा सम्मेलन गर्न उपयुक्त समय छैन,’ मन्त्री ढकालले भने, ‘मान्छेहरु भेट्दा अंगालो हाल्ने, चुम्बन गर्ने भन्दा पनि टाटैबाट नमस्ते गर्ने शैलीहरु अपनायौं भने रोग नियन्त्रणमा सहयोग पुर्‍याउने छ ।’

कोरोनाको संक्रमणबाट ९५ हजार १ सय ८४ जना मानिस संक्रमित भएका छन् । कोरोनाबाट चीनमा सबै भन्दा बढी २९ सय ८१ जनाको मृत्यु भएको छ । त्यहाँ ८० हजार २ सय ८२ मानिस संक्रमित भएका छन् । चीन बाहिर १४ वटा मुलुकमा २ सय ७३ जनाको मृत्यु भइसकेको छ ।

यतिबेला विश्वभर कोरोना भाइरसको त्रास छ । घर, कार्यालय तथा स्कुलमा मास्क अनिवार्य गरिएको छ। संक्रमणको त्रासले एकअर्कालाई स्पर्श नगर्न र बिरामीबाट टाढै रहन सबै सचेत छन्।

हात मिलाउन नमिल्ने भएपछि चीनमा खुट्टा जोडेर अभिवादन गरेको भिडियो समेत सामाजिक सञ्चाजमा भाइरल बनेको थियो । चिनेजानेका आफन्त, साथीभाइ, सहकर्मीलाई भेट्दा अभिवादन गर्ने प्रचलन सबैतिर छ।

त्यसो त नमस्कार गर्नुको वैज्ञानिक कारण पनि छन्। दुवै हात जोड्दा औंलामाथि जोड पर्छ र एक प्रकारको एक्युप्रेसर हुन्छ। यसले हाम्रो दिमाग, कान र आँखा सक्रिय बनाउँछ। आफू सामुन्ने आएका व्यक्तिलाई लामो समयसम्म याद गर्न सकिन्छ।

पूर्वीय संस्कृतिमा सूर्य नमस्कार गरी योग गर्ने चलन छ। बिहान व्यायाम गर्दा शरीरले प्रशस्त भिटामिन डी पाउँछ। नमस्कारले हामीभित्र भएको क्रोध र अहंकार पनि हटाउँछ भन्ने धार्मिक विश्वास समेत रहेको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहिबार  ७ : ५३ बजे

क्षेत्रीय सुरक्षा सहकार्य सुदृढ गर्न श्रीलङ्काको जोड

काठमाडौं – श्रीलङ्काले बङ्गालको खाडी क्षेत्रमा आतङ्कवाद, लागूऔषध तस्करी, मानव

दलेर मेहन्दीको समर्थनमा अनुपम खेर र बादशाह, मन्त्रीको व्यवहारप्रति आपत्ति

काठमाडौं – भारतको उत्तराखण्डस्थित टिहरीको नरेन्द्रनगरमा आयोजित मेलामा प्रस्तुति दिने

हुलाक ठगीको आरोपमा पाकिस्तानी नागरिक पक्राउ

एजेन्सी– अमेरिकी हुलाक सेवालाई १२ करोड ६० लाख अमेरिकी डलरभन्दा

ठमेलमा विदेशी पर्यटकले पनि लगाए बडादसैँको टीका

काठमाडौँ– नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले पनि नेपाली संस्कृति र

राष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहानको शुभ साइतमा यस वर्षको