तुरतुरे र पालुङटार जोड्ने निर्माणाधिन पुल भत्किँदा तीन मजदूर घाइते | Khabarhub Khabarhub

तुरतुरे र पालुङटार जोड्ने निर्माणाधिन पुल भत्किँदा तीन मजदूर घाइते


२२ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- तनहुँको भानु नगरपालिकाको तुरतुरे र गोरखाको पालुङटार जोड्ने निर्माणाधिन पुल भत्किँदा तीन कामदार घाइते भएका छन् ।

मर्स्याङ्दी नदीमाथि बनाइँदै गरिएको पुल निर्माणको क्रममा बिछ्याइएको फर्मा ढल्दा तीन कामदार घाइते भएका हुन् ।

बर्दिया घर भएका सुनील चौधरी, राज चौधरी र सन्दिप चौधरी घाइते भएको प्रहरीले जनाएको छ । सुनीलको अवस्था गम्भिर रहेको र काठमाडौंमा उपचार भइरहेको डीएसपी बासुदेव खतिवडाले बताए । अन्यको भने स्थानीय मेडिकलमा उपचार भएको छ ।

ढलानका लागि फर्मा बिछ्याउन राखिएको करिव तीन हजार टेका ढलेर दुर्घटना भएको ठेकेदार कम्पनीका इन्जिनियर प्रेम अधिकारीले बताए ।

गौरी पार्वती निर्माण सेवा प्रालिले पुल निर्माणको काम गरिरहेको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  ८ : ४९ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग