संयुक्त राष्ट्र संघका पूर्वमहासचिव ह्याभियरको निधन « Khabarhub

संयुक्त राष्ट्र संघका पूर्वमहासचिव ह्याभियरको निधन


२२ फाल्गुन २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पेरु — संयुक्त राष्ट्र संघका पूर्वमहासचिव तथा पेरुका पूर्वप्रधानमन्त्री ह्याभियर पेरेज डी कुइलरको निधन भएको छ ।

१०० वर्षको उमेरमा उनको पेरुमै बुधबार निधन भएको छ । इराक–इरान युद्ध र एल साल्भाडोरको गृहयुद्धका बेला संयुक्त राष्ट्र संघको नेतृत्व सम्हालेका ह्याभियरको बुधबार पेरुमै मृत्यु भएको बीबीसीले जनाएको छ ।

उनी संयुक्त राष्ट्र संघका पाँचौ महासचिव हुन् । सन् १९८१ मा पहिलो पटक संयुक्त राष्ट्र संघको महासचिव बनेका ह्याभियर सन् १९८६ मा पुनः महासचिवमा निर्वाचित भएका थिए ।

आफ्नो दुई कार्यकालका अवसरमा उनले थुप्रै शान्ति सम्झौता र शान्ति स्थापनाका प्रयासहरु गरेका थिए ।

फकल्यान्डको युद्धपछि उनले बेलायत र अर्जेन्टिनाबीच शान्तिवार्ताको मध्यस्थताको नेतृत्व गरेका थिए । त्यस्तै नामिबियाको स्वतन्त्रतताका लागि पनि उनले महत्वपूर्ण भूमिका खेलेका थिए ।

सन् १९८८ मा भएको इराक–इरानबीचको युद्धविराममा पनि उनको महत्वपूर्ण योगदान रहेको थियो । सन् १९८८ मा उनकै कार्यकालमा मोजाम्बिक र अंगोलामा खटिएका राष्ट्रसंघीय शान्तिसेनालाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।

सन् २०००को नोभेम्बर २२ देखि सन् २००१ को जुलाई २८ सम्म उनी पेरुको प्रधानमन्त्री रहेका थिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहिबार  १० : २८ बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन