धनगढी उप–महानगरपालिकाले पत्ता लगायो करोनाको ओषधि ! « Khabarhub

धनगढी उप–महानगरपालिकाले पत्ता लगायो करोनाको ओषधि !


२२ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धनगढी उप–उपमहानगरपालिकाले कोरोना भाइरसबाट सुरक्षित रहन नगरबासीलाई आग्रह गरेको छ ।

फागुन २१ गते एक विज्ञप्ति जारी गर्दै उपमहानगरपालिकाले कोरोना भाइरस(कोभिड–१९) को संक्रमण छिटोभन्दा छिटो मानिसमा फैलिरहेको भन्दै सचेत रहन आग्रह गरेको छ ।

तर, सामाजिक सञ्जालहरुमा भने धनगढी उपमहानगरपालिकाको उक्त विज्ञप्तिलाई लिएका टिक्काटिप्पणी भइरहेको छ ।

स्वासप्रश्वासबाट फैलने मात्र नभइ हात मिलाउँदा, नजिकै बस्दा, हिँड्दा बोल्दासमेत हावाको माध्यमबाट सर्ने हुनाले साथीभाइहरुसँग भेटघाट हुँदा हात नमिलाउन, दुईमिटर टाढा बस्न, मास्क लगाउन, साबुन पानीले कुहिनासम्म हात सफा गर्न आग्रह विज्ञप्तिमा गरिएको छ ।

त्यसै गरि केही दिनलाई पुग्नेगरी घरमा खाद्यान्यको जोहो मिलाएर राख्न, सभा सम्मेलन भिडभाडमा सहभागी नहुन नगरबासीमा उपमहानगरपालिकाले आग्रह गरेको छ ।

सामाजिक सञ्जालमा विशेष गरि कोरोना भाइरसको संक्रमणको जोखिमबाट बच्न धनगढी उपमहानगरपालिकाले घरायसी औषधि सिफारिस गरेको भन्दै आलोचना भएको हो ।

कोरोना भाइरसको औषधि अहिलेसम्म विश्वमा पत्ता लाग्न नसकिरहेको र यसको संक्रमण विश्वका ७० भन्दा धेरै देशमा फैलिएको बेलामा उसले औषधि सिफारिस गरेको भन्दै सामाजिक सञ्जालमा बहस भएको छ ।

विज्ञप्तिमा लेखिएको छ ‘हल्दी, बोझो र लसुनको सेवनले कोरोना भाइरस संक्रमणको जोखिमबाट बच्न सकिने भएकाले परिवारका सदस्यलाई सुझाव दिनहुन अनुरोध छ ।’

विज्ञप्तिमा नगरप्रमुख नृप बहादुर बडले हस्ताक्षर गरेका छन् ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले धनगढी उप–महानगरपालिकाले कोरोनाको ओषधि पत्ता लगायो भन्दै टिप्पणी गर्ने कार्य भइरहेको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  ११ : १३ बजे

चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शनिबार जारी दोस्रो खेलमा अहिले

दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु

एजेन्सी– बन्दुकधारीहरूले शनिबार दक्षिण अफ्रिकाको राजधानी प्रिटोरिया स्थित एक छात्रावासमा

पुराना दल सकिए वा सकिन्छन् भन्ने नसोच्न ओलीको आग्रह

कठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुराना दल सकिए

अबको निर्वाचनमा एमाले बहुमतका साथ फर्किने छ : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्तिपूर्ण, भयरहित र

अफगानिस्तान-पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु

एजेन्सी– गत अक्टोबरमा भएको घातक झडप पछिको पछिल्लो पाकिस्तान–अफगानिस्तानको मुख्य