रक्सी खानेलाई नलाग्ने होइन, मास्कले कोरोना संक्रमण रोक्दैन : डा रवीन्द्र समिर « Khabarhub

रक्सी खानेलाई नलाग्ने होइन, मास्कले कोरोना संक्रमण रोक्दैन : डा रवीन्द्र समिर


२२ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

विश्वभर कोरोना भाइरसको संक्रमण फैलदै गएको छ । कोरोना भाइरस सम्बन्धि गलत प्रचारले पनि कोरोनाको त्रास बढाएको छ । स्थानीय तहका सरकारी निकाय देखि सामाजिक सञ्जालहरुमा समेत कोरोना भाइरसको विषयमा धेरै कुराहरु आएका छन् ।

तर, कोरोना भाइरसको संक्रमण, यसबाट बच्ने उपायबारे हुने गलत भ्रम र यथार्तताबारे आज हामी तपाईलाई जानकारी गराउँदै छौं । जनस्वास्थ्य विज्ञ डाक्टर रवीन्द्र पाण्डे(समिर) ले कोरोना भाइरसको भ्रम र यर्थातबारे जनाकारी दिएका छन् ।

कोरोना संक्रमणबारे भ्रम र यथार्थता 

१. अल्कोहल खाए कोरोना भाइरस सर्दैन भन्ने भनाइ पूर्णतया गलत हो । अल्कोहल कन्टेन्ट ह्याण्ड-वास भनेको रक्सीले हात धुने हैन । स्पिरिट मिसिएको कपासले हात सफा गर्ने हो । कोरोना संक्रमित व्यक्तिले अल्कोहल खाएमा झनै खतरा हुन्छ ।

२. कोरोना भाइरस घरपालुवा जनाबारबाट सर्दैन ।

३. कोरोना भाइरस हावामा उडेर टाढाको मान्छेलाई सर्दैन । बढीमा ३ मिटरको दुरीमा रहेको कोरोना संक्रमण बिरामीले खोकेमा, छ्यु गरेमा ड्रपलेटबाट सर्न सक्छ । बिरामीका सामान तथा बिरामीले छोएको ठाउँबाट पनि सर्न कोरोना सर्न सक्छ ।

४. कोरोना सर्दैमा मृत्यु हुँदैन । धेरै जनालाई त कोरोना सरेर आफै निको भएको पनि हुन्छ । १०० जनालाई कोरोना संक्रमण भएमा १-२ जनाको मात्र मृत्यु हुन्छ ।

५. कोरोना संक्रमणले बुढाबुढी र अन्य दीर्घ रोगी सबैको मृत्यु हुने हैन । यो जोखिम समुहले बिशेष ख्याल गर्नुपर्छ । जुनसुकै उमेरको व्यक्तिलाई पनि जोखिम हुनसक्छ ।

६. मास्कले कोरोना संक्रमण रोक्न सक्दैन । सिधै सर्नबाट केहि बचाउने काम भने गर्दछ ।

७. चिनियासंग भेट्दैमा, चिनिया सामान प्रयोग गर्दैमा तथा चाइनिज खाना खाँदैमा कोरोना संक्रमण सर्दैन ।

८. बोर्डर सिल गर्दैमा कोरोना संक्रमण सर्दैन भन्ने ग्यारेन्टी हुँदैन ।

९. कोरोना बियर वा कोरोना व्हिस्की खाएर कोरोना संक्रमण निको हुँदैन । त्यो केवल नाम मात्र मिलेको हो, कोरोना स्कुल जस्तै ।

१०. एन्टिबायोटिकले कोरोना भाइरसलाई मार्न सक्दैन । यसको लागि प्राभावकारी एन्टी भाइरल औषधिको आवश्यकता हुन्छ ।

११. कोरोना भाइरस ल्याबमा बिकास गरेको हैन ।

१२. बाफले हात सुकाएर कोरोना भाइरस मर्दैन ।

१३. शरीरभरी अल्कोहल, क्लोरिन जस्ता केमिकल छार्दैमा कोरोना नसर्ने भन्ने हुँदैन ।

१४. बिश्व बजारमा आएको मिराकल मिनरल वाटर पिएर कोरोनाबाट बचिन्छ भन्ने भ्रम मात्र हो ।

१५. लसुन खाँदैमा कोरोना नसर्ने भन्ने हुँदैन ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  १ : ३७ बजे

अदालतमा चलिरहेको मुद्दामा विदेशबाट पनि बयान, वकपत्र गर्न सकिने आदेश

काठमाडौं – सर्वोच्च अदालतले नेपालमा चलिरहेको मुद्दामा विदेशबाट अनलाइनमार्फत बयान,

रास्वपा परित्याग गरेकी शर्मा कांग्रेस केन्द्रीय सदस्यमा मनोनयन

काठमाडौं – नेपाली कांग्रेसले पार्टीको केन्द्रीय सदस्यमा ममता शर्मा (बारा)लाई

आरसीबीले बनायो कीर्तिमानी स्कोर, गुजरातलाई २५५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग २०२६ को क्वालिफायर–१ मा रोयल

वैदेशिक रोजगारीबाट श्रीलंकामा उच्च रेमिट्यान्स भित्रिने अपेक्षा

कोलम्बो – श्रीलंकाले सन् २०२६ को अन्त्यसम्म वैदेशिक रोजगारीबाट प्राप्त

मनसुनी विपद्ः उद्धारका लागि एक सय ३४ गोताखोरसहित २६ हजार सुरक्षाकर्मी तयारी अवस्थामा

काठमाडौं – नेपालमा प्रवेश गर्न लागेको मनसुनका समयमा हुने विपद्जन्य