स्काभेटरको ठक्करबाट बालिकाको मृत्यु | Khabarhub Khabarhub

स्काभेटरको ठक्करबाट बालिकाको मृत्यु


२२ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– सप्तरीको राजगढ गाउँपालिका– ५ मलेखपुरमा स्काभेटरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारतको बङ्गाल खरिजाबाग बथरी ग्राम घर भएका इरसाद अलीकी १५ वर्षीया छोरी अलमिनिया खातुन रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायक उपरीक्षक तिलक भारतीले बताए ।

बालिकाका बुबा एमआरडी इँटा उद्योगमा काम गर्दै आएका थिए । सोही इँटा उद्योगमा काम गर्ने नम्बर नखुलेको स्काभेटरले बालिकालाई ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते बालिकालाई उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायणसिंह अस्पताल ल्याउँदै गर्दा बीच बाटोमा नै मृत्यु भएका प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  १२ : ०५ बजे

भूमि आयोगको कामलाई स्थानीय तहले चासो दिएनन्, समस्या समाधानमा ढिलाइ

भोजपुर– यहाँका स्थानीय तहको कम चासोका कारण भूमि समस्या समाधान

काठमाडौं र ललितपुरमा करिब ११ लाख बराबरको धनमाल चोरी

काठमाडौं– काठमाडौंको तारकेश्वर नगरपालिका-१० डेरा गरी बस्ने उदयपुर घर भएका २९

बाढी पहिराले देशभरका नौ सडकखण्ड अवरुद्ध

काठमाडौं– अविरल वर्षाले देशभरका विभिन्न नौ सडकमा आवतजावत पूर्ण अवरुद्ध

भरतपुर अस्पतालले बिमाबापतको एक अर्ब पाउन बाँकी

चितवन– भरतपुर अस्पतालले स्वास्थ्य बिमाबापत प्राप्त गर्नुपर्ने रकम एक अर्ब नाघेको

सीमा समस्या संवादबाट समाधान गर्नुपर्छ : प्रचण्ड

मोरङ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कालापानी–लिपुलेकलगायतका सीमा