गोरखा जीप दुर्घटना : घाइतेलाई सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइयो | Khabarhub Khabarhub

गोरखा जीप दुर्घटना : घाइतेलाई सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइयो


२२ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गोरखामा जीप दुर्घटनामा घाइतेहरुलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

उनीहरुलाई नेपाली सेनाको हेलिकोप्टर मार्फत काठमाडौं ल्याइएको हो । हेलिकोप्टर मार्फत ल्याइएका घाइतेलाई थापाथली स्थित नर्भिक अस्पताल लगिएको छ ।

बुधबार राति गोरखाको मान्वु धोरर्चेतमा जीप दुर्घटनामा परी गम्भीर घाईते भएकालाई सेनाको हेलिकोप्टर मार्फत उद्वार गरी नर्भिक अस्पताल लगिएको हो ।

गोरखाको आरुघाट गाउँपालिका–१ र्धोचेमा बलेरो जीप दुर्घटना हुँदा धार्चे गाउँपालिका–६ का वडासचिव किरण रिमालको घटनास्थलमा नै मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले दिएको जानकारी अनुसार ग १ ज ५५०५ नम्बरको सो जीप बुधबार साँझ करिब ७: ३० बजे सडकबाट झण्डै ३०० मिटर तल खस्दा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा सो गाउँपालिकाका उपाध्यक्ष फुलमाया गुरुङसहित सोही गाउँपालिकाका कर्मचारी घनबहादुर गुरुङ, निशा गुरुङ, शर्मिला गुरुङ, क्याराम्यान केयरसिंह गुरुङ, फेज नेपाल नामक संस्थाका कर्मचारी सरोज गुरुङ र जीपका चालक करौजाका बालचन्द्र गुरुङ गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते सबैको अहिले दोङचेतस्थित फेज नेपालद्वारा सञ्चालित क्लिनिकमा सामान्य उपचार भएको थियो । घाइते अधिकांशको टाउको र मेरुदण्डमा चोट लागेको जनाइएको छ । रातिको समयमा सामान्य वर्षा भएकाले कच्ची सडकमा जीप घुम्तीमा चिप्लिएर दुर्घटना भएको हुनसक्ने प्रहरी अनुमान गरेको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  १२ : २५ बजे

घरमा आगलागी हुँदा सात लाख बढीको क्षति

डोटी – डोटीमा एक घरमा आगलागी हुँदा सात लाख बराबरको

राष्ट्रपतिकहाँ काठमाडौं उपत्यकाका जनप्रतिनिधि, सुनिता जाँदा गएनन् बालेन्द्र

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँ उपत्यकालाई स्वच्छ, सफा, सुन्दर र

आजका समाचार : अशोक राईको पार्टी दर्तादेखि एकीकृत समाजवादीले सरकार नछाड्नेसम्म

सभामुखबाट मुख्य दलका शीर्ष नेताहरुको बैठक आह्वान सभामुखले देवराज घिमिरेले

गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ

गण्डकी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले ऊर्जा, जलस्रोत तथा