सेनाभित्रको अनियमितता बारेको छलफलमा रक्षामन्त्री र प्रधानसेनापति अनुपस्थित, बैठक स्थगित « Khabarhub

सेनाभित्रको अनियमितता बारेको छलफलमा रक्षामन्त्री र प्रधानसेनापति अनुपस्थित, बैठक स्थगित


२२ फाल्गुन २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाभित्रको अनियमितताबारे छलफल गर्न बोलाइएको संसदको राज्य व्यवस्था समितिको बैठकमा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल र प्रधानसेनापति पूर्णचन्द्र थापा उपस्थित नभएपछि बैठक स्थगित भएको छ ।

रक्षामन्त्री र प्रधानसेनापति उपस्थित नभएपनि रक्षा मन्त्रालयको तर्फबाट सचिव रेश्मीराज पाण्डे र सेनाका रथी सरद गिरीको नेतृत्वमा बैठकमा सहभागी भएका थिए ।

तर विभागीय मन्त्री र प्रधानसेनापति बोलाउँदा पनि नआएको भन्दै बैठक स्थगित गरिएको समिति सभापति शशी श्रेष्ठले जानकारी दिइन ।
‘उहाँहरु नआउनु भएपछि बैठक स्थगित गरिएको छ’ सभापति श्रेष्ठले भनिन् ।

बोलाइएका र सम्बन्धित व्यक्ति उपस्थित नभएपछि बैठक राख्नु र छलफल गर्नुको औचित्य नभएको आवाज सांसदहरुले उठाएपछि बैठक स्थगित गरिएको हो ।

नेपाली सेनाको मुख्यालय निर्माणका क्रममा व्यापक भ्रष्टाचार भएको उजुरी परेपछि समितिले चासो देखाएको थियो ।

राज्य व्यवस्था समितिले सेनाको भ्रष्टाचारबारे छानबिन गरी प्रतिवेदन तयार पार्न तीन सदस्यीय उजुरी सुनुवाई कार्यदल गरेको थियो । कार्यदलले आठ महिनाभन्दा बढी समय लगाएर गुनासो तथा उजुरी छानबिन गरेको हो ।

सत्तारुढ नेकपाका सांसदद्वय रेखा शर्मा, नवराज सिलवाल तथा प्रमुख विपक्षी दलका सांसद दिलेन्द्रप्रसाद बडू सदस्य रहेको कार्यदलले ५० वटा उजुरी छानबिन गरी बुधबार समितिलाई प्रतिवेदन बुझाएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहिबार  १२ : ४३ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण