कोरोना भाइरसको त्रास : ईपीएल लगायतका सबै खेलकुद प्रतियोगिता रोक्ने तयारी « Khabarhub

कोरोना भाइरसको त्रास : ईपीएल लगायतका सबै खेलकुद प्रतियोगिता रोक्ने तयारी



काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कोरोना भाइरसको सन्त्रास नसकिएसम्मका लागि खेलकुद गतिविधि स्थगन गर्ने तयारी गरेको छ ।

सरकारले सार्वजनिक स्थानमा, सभा सम्मेलन, धेरै मानिस जम्मा हुने कार्यक्रम नगर्न निर्देशन जारी गरेपछि राखेपले पनि खेलकुद गतिविधि स्थगित गर्ने तयारी गरेको हो ।

राखेप सदस्य सचिव रमेशकुमार सिलवाल राजधानी बाहिर रहेका कारण यसबारे निर्णय गर्न केही ढिलाई भएको उपाध्यक्ष पिताम्बर तिम्सिनाले खबरहबलाई जानकारी दिए ।

संसारभर आतंक मच्चाइरहेको कोरोना भाइरसबाट जोगिन सतर्कता अपनाउन आवश्यक रहेको उनले बताए ।

‘सरकारले नै आग्रह गरिसकेपछि हामी पनि त्यसलाई अनुसरण गर्छौं । अहिले हामीले तत्काल भइरहेका र हुने तय भएका खेलकुद गतिविधि तत्कालका लागि रोक्न संघहरुलाई परिपत्र गर्ने तयारी भएको छ,’ उनले भने,‘आज भोलिमै त्यो निर्णय सार्वजनिक हुन्छ । हामीले आन्तरिक रुपमा परिपत्र चाँही गरिसकेका छौं ।’

राजधानीमा अहिले शहिद स्मारक बी डिभिजन लिग भइरहेको छ भने राजधानीबाहिर विभिन्न फुटबल तथा भलिबलका प्रतियोगिताहरु भइरहेका छन् ।

राखेपको पत्रचार अनुसार अब चैत १ देखि हुने भनिएको एभरेष्ट प्रिमिय लिग (ईपीएल) समेत रोकिने उपाध्यक्ष तिम्सिनाले बताएका छन् ।

तर, आहारारा गोल्डकप भने बिहीबार मुख्यमन्त्री पृथ्वी सुव्बा गुरुङले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहिबार  १ : १४ बजे

सुशासन र समृद्धि प्राप्तिमा छठी माताको कृपा बनिरहनेछः राष्ट्रपति पौडेल

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले समाजमा विद्यमान वर्गीय,

छठले प्रकृतिप्रतिको सम्मान र अन्धकारबाट उज्यालोतर्फ अघि बढ्ने प्रेरणा दिन्छ : सभापति थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले छठ पर्वको पावन

एनपीएल : आज चितवन र कर्णाली, काठमाडाैँ र पोखरा भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटअन्तर्गत आज कीर्तिपुरस्थित त्रिवि

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसम पूर्वानुमान : पश्चिमी वायुका प्रभावले केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ – हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा