गाँजा खेती खुल्ला गरे आमरण अनशन बस्ने चेतावनी « Khabarhub

गाँजा खेती खुल्ला गरे आमरण अनशन बस्ने चेतावनी


२२ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘विश्वभूमि भक्त’ होम बहादुर कार्कीले नेपालमा कुनैपनि हालतमा गाँजा खेति खुल्ला गर्न नहुने भन्दै सांसदहरुलाई गाँजा खुल्ला गर्ने विद्येयक कुनैपनि हालतमा पारित नगर्न सुझाव दिएका छन् ।

पत्रकार सम्मेलनको आयोजना गर्दै कार्कीले नेपालको सामाजिक परिवेश, धर्म, संस्कृतिका कारण पनि गाँजा खुल्ला गर्न नहुने तर्क गरे । ‘यदि आर्थिक लोभ र लाभका कारण गाँजा खेति खुल्ला गरिए नेपालको अवस्था दयनीय र बर्वाद हुन्छ ।’उनले भने ।

गत सोमबार प्रतिनिधिसभामा पूर्वकानूनमन्त्री शेरबहादुर तामाङले ‘गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’ दर्ता गरेपछि कार्कीले यस्तो आपत्ति जनाएका हुन् । उनले यो विद्येयक पारित भए नेपाल र नेपालीहरुको भाग्य र भविष्यमाथि ठूलो खेलबाड हुने समेत खतरा औंल्याए । उनले यो विद्येयक संसदबाट फिर्ता नलिए आफू आमरण अनशनमा बस्न बाध्य हुने समेत चेतावनी दिए ।

गाँजा खुल्ला गरिए युवायुवतीहरुको भविष्यमाथि नै आक्रमण हुने उनको तर्क छ । ‘छिमेकी भक्तहरुलाई गाँजा सेवन गराएर हामीले डलरमा पैसा लुट्ने हाम्रो संस्कृति होईन, त्यसैले पैसा कमाउने लालसा त्यागौं । हाम्रा युवायुवतीहरुको सुन्दर भविष्यको लागि पनि गाँजा खुल्ला गर्ने कुरा घातक छ ।’उनले भने ।

यदि जबरजस्ती बहुमतको आधारमा पेलेर विद्येयक पारित गरिए यसअघि गाँजा सेवन तथा गाँजासँगै जोडिएर पक्राउ परेका र हाल कैदी जीवन जिउन बाध्य भएका सम्पूर्णलाई रिहाई गर्नुपर्नेपनि उनको माग छ । उनले भने,‘यदि उनीहरुलाई रिहाई नगर्ने हो भने कैदीका आमाबुवाहरु सडकमा उत्रिनेछन् । यसतर्फपनि सरकारले बेलैमा सोचोस् ।’

संसदमा दर्ता भएको प्राईभेट विलमा गाँजा खेती गर्नका लागि १८ वर्ष पुगेको हुनुपर्ने र बिक्री गर्न २१ वर्ष पुगेको हुनुपर्ने उल्लेख छ । विधेयकमा गाँजा खेतीलाई औषधि निर्माण, वैज्ञानिक अनुसन्धान तथा यस्तै अन्य खाद्य, व्यवसायीक तथा औद्योगिक प्रयोजनका लागि समेत गुणस्तरीय गाँजा उपलब्ध गराउन नेपालमा गाँजा खेतीलाई खुल्ला गर्न तथा यसको माध्यमबाट कृषकको आर्थिकस्तर बढाउने उद्देश्यले नियमित तथा व्यवस्थित गरिने उल्लेख छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  १ : ४७ बजे

चौध वर्षमुनिका २७ जनामा क्षयरोग

चितवन– चालु आर्थिक वर्षमा जिल्लामा ६२३ जना क्षयरोगबाट पीडित भएका

हिरासतमा रहेका र बेपत्ता राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस मनाइँदै

काठमाडौँ– आज हिरासतमा रहेका र बेपत्ता पारिएका संयुक्त राष्ट्रसङ्घका कर्मचारीप्रति

बेनी–जोमसोम सडकको सिरुबारीमा पहिरो रोक्न ‘बेञ्चिङ’ विधि

म्याग्दी– भारत र चीन जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको

स्टार बनाउने ‘गडफादर’ : कसले कसलाई दिए ब्रेक ?

काठमाडौँ- सामान्यताः अरुले प्रभुत्व जमाइरहेको क्षेत्रमा नयाँ व्यक्तिलाई अवसर मिल्न

वीरगञ्ज भन्सारबाट सात महिनामा एक खर्ब २३ अर्ब बढीको पेट्रोलियम पदार्थ आयात

वीरगन्ज– चालु आर्थिक वर्षको प्रथम सात महिनामा एक खर्ब २३