प्रचण्डमाथि जुत्ता प्रहार गर्ने तिरुवाको विप्लव समूहका नभएको प्रहरी निष्कर्ष « Khabarhub

प्रचण्डमाथि जुत्ता प्रहार गर्ने तिरुवाको विप्लव समूहका नभएको प्रहरी निष्कर्ष


२२ फाल्गुन २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जुत्ता प्रहार गर्ने रतन तिरुवाको विप्लव समूहसँग आवद्धता नरहेको प्रहरीले निष्कर्ष निकालेको छ ।

प्रचण्डमाथि तिरुवाले जुत्ता प्रहार गरेपछि प्रहरीले प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) सहकुल थापाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो ।

उक्त समितिले अनुसन्धान गरेर प्रतिवदेन महानगरीय प्रहरी कार्यालय रानीपोखरीलाई बुझाएको छ ।

अध्ययनका क्रममा तिरुवाको वुवा द्वन्द्वकालमा मारिएको हुँदा उनी सहिद परिवारकै रहेको र उनको वुवा द्वन्द्वकालमा राज्यपक्षबाट मारिएको पाइएको उल्लेख गरिएको छ ।

तर नेकपाको जुम्ला कमिटिले भने एक विज्ञप्ति जारी गर्दै रतनका बुवा जनयुद्धका क्रममा सहिद नभएको दाबी गरेको थियो ।

समितिका संयोजक एसएसपी थापाका अनुसार प्रतिवेदनमा उनको विप्लव समूहसँग कुनै संलग्न नपाइएको उल्लेख भएको जानकारी दिए ।

गत १८ फागनुमा राजधानीको राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रममा क्रममा अध्यक्ष प्रचण्डमाथि जुम्ला सिन्जा गाउँपालिका–२ घर भएका २१ वर्षीय रतन तिरुवाले जुत्ता प्रहार गरेका थिए ।

कार्यक्रममा प्रचण्डले ‘वर्ग’ बारे गरेको विश्लेषण चित्त नबुझेपछि आवेशमा जुत्ता प्रहार गरेको उनले बयान दिएका थिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहिबार  २ : २६ बजे

ठमेलमा विदेशी पर्यटकले पनि लगाए बडादसैँको टीका

काठमाडौँ– नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले पनि नेपाली संस्कृति र

राष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहानको शुभ साइतमा यस वर्षको

जीवनको अस्तित्वसँग जोडिए भौतिकशास्त्रका आधारभूत नियम

वासिङ्टन– ब्रह्माण्डमा जीवनको अस्तित्व सम्भव हुनुमा पानी, अक्सिजन र कार्बनजस्ता

बिक्रीमा राखिएका जमरा

काठमाडौँ– बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनका हातबाट

दिवङ्गत पत्रकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई १६ लाखभन्दा बढी सहयोग संकलन

दमौली– दिवङ्गत पत्रकार एवं साहित्यकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई उपचार तथा