प्रचण्डमाथि जुत्ता प्रहार गर्ने तिरुवाको विप्लव समूहका नभएको प्रहरी निष्कर्ष « Khabarhub

प्रचण्डमाथि जुत्ता प्रहार गर्ने तिरुवाको विप्लव समूहका नभएको प्रहरी निष्कर्ष


२२ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जुत्ता प्रहार गर्ने रतन तिरुवाको विप्लव समूहसँग आवद्धता नरहेको प्रहरीले निष्कर्ष निकालेको छ ।

प्रचण्डमाथि तिरुवाले जुत्ता प्रहार गरेपछि प्रहरीले प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) सहकुल थापाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो ।

उक्त समितिले अनुसन्धान गरेर प्रतिवदेन महानगरीय प्रहरी कार्यालय रानीपोखरीलाई बुझाएको छ ।

अध्ययनका क्रममा तिरुवाको वुवा द्वन्द्वकालमा मारिएको हुँदा उनी सहिद परिवारकै रहेको र उनको वुवा द्वन्द्वकालमा राज्यपक्षबाट मारिएको पाइएको उल्लेख गरिएको छ ।

तर नेकपाको जुम्ला कमिटिले भने एक विज्ञप्ति जारी गर्दै रतनका बुवा जनयुद्धका क्रममा सहिद नभएको दाबी गरेको थियो ।

समितिका संयोजक एसएसपी थापाका अनुसार प्रतिवेदनमा उनको विप्लव समूहसँग कुनै संलग्न नपाइएको उल्लेख भएको जानकारी दिए ।

गत १८ फागनुमा राजधानीको राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रममा क्रममा अध्यक्ष प्रचण्डमाथि जुम्ला सिन्जा गाउँपालिका–२ घर भएका २१ वर्षीय रतन तिरुवाले जुत्ता प्रहार गरेका थिए ।

कार्यक्रममा प्रचण्डले ‘वर्ग’ बारे गरेको विश्लेषण चित्त नबुझेपछि आवेशमा जुत्ता प्रहार गरेको उनले बयान दिएका थिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  २ : २६ बजे

अनपेक्षित थिएन कप्तानगञ्ज घटना, कहाँ चुक्यो सुरक्षा संयन्त्र ?

काठमाडौं– सुनसरी जिल्लाको सुदूर दक्षिणी भेगमा धेरै गञ्जहरू छन् ।

डिजिटल प्रणालीमार्फत १७३ कर्मचारीको सरुवा

काठमाडौं– सरकारद्वारा जारी गरिएको अनलाइन कर्मचारी सरुवा व्यवस्थापन प्रणालीमार्फत हालसम्म

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

काठमाडौं–  राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले आज केन्द्रीय

भारतको साढे सात करोड सहयोगमा दार्चुलामा विद्यालय भवन निर्माण सुरू

काठमाडौं– भारत सरकारको आर्थिक सहयोगमा दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री

देवानगञ्ज घटनाको निष्पक्ष छानबिन गर्न गगनको माग, संयम अपनाउन अपिल

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा