इड्लिब मामिलामा रसिया–टर्कीका राष्ट्रपतिबीच वार्ता « Khabarhub

इड्लिब मामिलामा रसिया–टर्कीका राष्ट्रपतिबीच वार्ता


२२ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अङ्कारा– सिरियाको उत्तरपश्चिम इड्लिब प्रान्तमा जारी भिषण सैन्य कारबाहीका बारेमा टर्की र रसियाका नेताहरुबीच बिहीबार शिखर सम्मेलन हुने भएको छ ।

सिरियाका राष्ट्रपति रिसेप तायिप एर्डोगान र रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनबीच हुने यो सम्मेलन इड्लिबमा जारी हिंसाका विषयमा निर्णायक हुने अनुमान गरिएको छ ।

सिरियाली हवाई आक्रमणमा इड्लिबमा ५० जनाभन्दा बढी टर्कीका सैनिक मारिएपछि टर्की र सिरिया तथा रसियाबीच तिक्तता अरु बढेको छ । यस भिडन्तका कारण इडलिबबाट ठूलो संख्यामा मानिसहरु ज्यान जोगाउन अन्यत्र पलायन भइरहेका छन् ।

इड्लिबमा उत्पन्न मानबीय संकट टार्न तत्काल युद्धविराम गर्नुपर्ने पक्षमा टर्कीका राष्ट्रपतिले ध्यान दिएका छन्छ, तर रसियाका राष्ट्रपति पुटिन भने इड्लिबमा रहेका सिरियाली सरकार विरोधी लडाकूलाई निस्तेज पार्ने उपायको खोजीमा छन् ।

सिरियाको उत्तरपश्चिम इड्लिबमा सिरियाली सरकार विरोधी लडाकूहरु रहेका र उनीहरुलाई टर्की र अमेरिका समेतका मुलुकले आर्थिक तथा राजनीतिक सहयोग गरिरहेका छन् । तर रसिया समर्थित सिरियाली सरकारले यी लडाकूलाई निस्तेज पार्ने भन्दै हवाई र अन्य सैन्य कारबाही गरिरहेको छ ।

इड्लिबमा जारी तनाबका कारण युरोपेली मुलुकका सीमामा आप्रवासीको ठूलै समूह भेला भइसकेको छ । त्यसर्थ इड्लिब सङ्कटलाई युरोपेली मुलुकहरुले पनि चासोका साथ हेरिरहेका छन् । इड्लिबमा करिब ३० लाख जनसंख्या रहेको र सशस्त्र हिंसा भड्किए त्यहाँ ठूलो मानवीय क्षति हुनेछ ।

एक जना रसियाली विदेश मामिला विज्ञ भ्लादिमिर फ्रोलोभका अनुसार सिरियाली राष्ट्रपति असादको पूरै ध्यान इड्लिबमा केन्द्रित भएको छ । “राष्ट्रपति असाद इड्लिबलाई नियन्त्रणमा लिएर टर्कीसँगको सीमा बन्द गर्न चाहन्छन् । इड्लिबमा रहेका सुन्नी मुसलमानहरु असादका लागि टाउको दुखाईको विषय हो, र असाद उनीहरुलाई टर्कीतर्फ पठाउन चाहन्छन् ।”

हाल इड्लिब मात्र सिरियाको नियन्त्रणमा छैन । त्यहीकारण असादले रसियाको सहयोगमा इड्लिबमाथि सैन्य कारबाही थाल्नु भएको छ । आक्रमणको भयका कारण गत डिसेम्बर १ देखि यतामात्र करिब १० लाख मानिस अन्यत्र पलायन भइसकेका छन् । सिरियाली गृहयुद्ध थालिएपछि यति ठूलो संख्यामा मानिसहरु एकैपटक अन्यत्र पलायन भएको यो पहिलो पटक हो ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  ३ : ०९ बजे

बुल्गेरियाको तट नजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण

काठमाडौँ – बुल्गेरियाको तट नजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण

रोहितको अर्धशतक र करणको विष्फोटक ब्याटिङको मद्दतमा नेपालले ओमनलाई दियो २ सय ६४ रनको लक्ष्य

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो

सरकारी सवारीसाधन दुरुपयोग गर्ने एक जना पक्राउ

बनेपा– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ कुशादेवीका ४० वर्षीय गणेश सापकोटा पक्राउ

अन्तरराष्ट्रियस्तरमा हुलाक सेवा कहीँ पनि खारेज भएको छैन : मन्त्री तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको हुलाक सेवालाई

बजार अनुगमन र उपभोक्ता अधिकार सुनिश्चित गर्न अनेरास्ववियू क्रान्तिकारीको माग

काठमाडौं– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी), काठमाडौं जिल्ला