इड्लिब मामिलामा रसिया–टर्कीका राष्ट्रपतिबीच वार्ता | Khabarhub Khabarhub

इड्लिब मामिलामा रसिया–टर्कीका राष्ट्रपतिबीच वार्ता


२२ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अङ्कारा– सिरियाको उत्तरपश्चिम इड्लिब प्रान्तमा जारी भिषण सैन्य कारबाहीका बारेमा टर्की र रसियाका नेताहरुबीच बिहीबार शिखर सम्मेलन हुने भएको छ ।

सिरियाका राष्ट्रपति रिसेप तायिप एर्डोगान र रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनबीच हुने यो सम्मेलन इड्लिबमा जारी हिंसाका विषयमा निर्णायक हुने अनुमान गरिएको छ ।

सिरियाली हवाई आक्रमणमा इड्लिबमा ५० जनाभन्दा बढी टर्कीका सैनिक मारिएपछि टर्की र सिरिया तथा रसियाबीच तिक्तता अरु बढेको छ । यस भिडन्तका कारण इडलिबबाट ठूलो संख्यामा मानिसहरु ज्यान जोगाउन अन्यत्र पलायन भइरहेका छन् ।

इड्लिबमा उत्पन्न मानबीय संकट टार्न तत्काल युद्धविराम गर्नुपर्ने पक्षमा टर्कीका राष्ट्रपतिले ध्यान दिएका छन्छ, तर रसियाका राष्ट्रपति पुटिन भने इड्लिबमा रहेका सिरियाली सरकार विरोधी लडाकूलाई निस्तेज पार्ने उपायको खोजीमा छन् ।

सिरियाको उत्तरपश्चिम इड्लिबमा सिरियाली सरकार विरोधी लडाकूहरु रहेका र उनीहरुलाई टर्की र अमेरिका समेतका मुलुकले आर्थिक तथा राजनीतिक सहयोग गरिरहेका छन् । तर रसिया समर्थित सिरियाली सरकारले यी लडाकूलाई निस्तेज पार्ने भन्दै हवाई र अन्य सैन्य कारबाही गरिरहेको छ ।

इड्लिबमा जारी तनाबका कारण युरोपेली मुलुकका सीमामा आप्रवासीको ठूलै समूह भेला भइसकेको छ । त्यसर्थ इड्लिब सङ्कटलाई युरोपेली मुलुकहरुले पनि चासोका साथ हेरिरहेका छन् । इड्लिबमा करिब ३० लाख जनसंख्या रहेको र सशस्त्र हिंसा भड्किए त्यहाँ ठूलो मानवीय क्षति हुनेछ ।

एक जना रसियाली विदेश मामिला विज्ञ भ्लादिमिर फ्रोलोभका अनुसार सिरियाली राष्ट्रपति असादको पूरै ध्यान इड्लिबमा केन्द्रित भएको छ । “राष्ट्रपति असाद इड्लिबलाई नियन्त्रणमा लिएर टर्कीसँगको सीमा बन्द गर्न चाहन्छन् । इड्लिबमा रहेका सुन्नी मुसलमानहरु असादका लागि टाउको दुखाईको विषय हो, र असाद उनीहरुलाई टर्कीतर्फ पठाउन चाहन्छन् ।”

हाल इड्लिब मात्र सिरियाको नियन्त्रणमा छैन । त्यहीकारण असादले रसियाको सहयोगमा इड्लिबमाथि सैन्य कारबाही थाल्नु भएको छ । आक्रमणको भयका कारण गत डिसेम्बर १ देखि यतामात्र करिब १० लाख मानिस अन्यत्र पलायन भइसकेका छन् । सिरियाली गृहयुद्ध थालिएपछि यति ठूलो संख्यामा मानिसहरु एकैपटक अन्यत्र पलायन भएको यो पहिलो पटक हो ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  ३ : ०९ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका