दयाहाङको ‘दुई नम्बरी’ मा भित्रिइन् भुटानी नायिका « Khabarhub

दयाहाङको ‘दुई नम्बरी’ मा भित्रिइन् भुटानी नायिका


२२ फाल्गुन २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दीपेन्द्र लामाले निर्देशन गर्ने फिल्म ‘दुई नम्बरी’ मा भुटानी अभिनेत्री उगेन छोदेन पनि जोडिएकी छिन् । यो फिल्ममा उगेनको जोडी अभिनेता दयाहाङ राईसँग हुनेछ ।

निर्मात्री तथा निर्देशकको समेत परिचय बनाएकी उगेनले यही फिल्मबाट नेपाली फिल्म उद्योगमा डेब्यु गर्दैछिन् । उगेनले नेपाली फिल्ममा काम गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘भुटानमा पनि नेपाली कलाकारको क्रेज छ, नेपाली फिल्ममा काम गर्न पाउँदा खुशी लागेको छ ।’

बिहीवार राजधानीमा कार्यक्रमको आयोजना गर्दै उगेनलाई अनुबन्ध गराइएको जानकारी दिइएको हो । फिल्मको छायांकन फागुन २८ गतेदेखि शुरु हुँदैछ ।

फिल्ममा उगेन भुटानी नागरिकको भूमिका रहनेछिन् भने दयाहाङ राई, पल शाह, वर्षा राउत लगायतका कलाकारको पनि शीर्ष भूमिका रहनेछ ।

किरण नेपालीको प्रस्तुति रहने यो फिल्ममा सुसन प्रजापतिको छायांकन रहनेछ । ‘दुई नम्बरी’ लाई रेड बर्ड प्रोडक्सन र आरआर फिल्मसको ब्यानरमा निर्माण हुँदैछ ।

तस्वीरहरू: ज्ञानु राई

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहिबार  ७ : ०८ बजे

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६