दयाहाङको ‘दुई नम्बरी’ मा भित्रिइन् भुटानी नायिका « Khabarhub

दयाहाङको ‘दुई नम्बरी’ मा भित्रिइन् भुटानी नायिका


२२ फाल्गुन २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दीपेन्द्र लामाले निर्देशन गर्ने फिल्म ‘दुई नम्बरी’ मा भुटानी अभिनेत्री उगेन छोदेन पनि जोडिएकी छिन् । यो फिल्ममा उगेनको जोडी अभिनेता दयाहाङ राईसँग हुनेछ ।

निर्मात्री तथा निर्देशकको समेत परिचय बनाएकी उगेनले यही फिल्मबाट नेपाली फिल्म उद्योगमा डेब्यु गर्दैछिन् । उगेनले नेपाली फिल्ममा काम गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘भुटानमा पनि नेपाली कलाकारको क्रेज छ, नेपाली फिल्ममा काम गर्न पाउँदा खुशी लागेको छ ।’

बिहीवार राजधानीमा कार्यक्रमको आयोजना गर्दै उगेनलाई अनुबन्ध गराइएको जानकारी दिइएको हो । फिल्मको छायांकन फागुन २८ गतेदेखि शुरु हुँदैछ ।

फिल्ममा उगेन भुटानी नागरिकको भूमिका रहनेछिन् भने दयाहाङ राई, पल शाह, वर्षा राउत लगायतका कलाकारको पनि शीर्ष भूमिका रहनेछ ।

किरण नेपालीको प्रस्तुति रहने यो फिल्ममा सुसन प्रजापतिको छायांकन रहनेछ । ‘दुई नम्बरी’ लाई रेड बर्ड प्रोडक्सन र आरआर फिल्मसको ब्यानरमा निर्माण हुँदैछ ।

तस्वीरहरू: ज्ञानु राई

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहिबार  ७ : ०८ बजे

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र