‘मुलुकको समृद्धिका लागि तीनै तहका सरकारबीच समन्वय आवश्यक’ « Khabarhub

‘मुलुकको समृद्धिका लागि तीनै तहका सरकारबीच समन्वय आवश्यक’


२२ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मुलुकको समृद्धिका लागि तीन तहका सरकारबीच समन्वय हुनु जरुरी रहेको बताएका छन् ।

संघीय संसद्, प्रतिनिधिसभा विकास तथा प्रविधि समितिको आयोजनामा धनगढीमा आयोजित विकास र समृद्धिअन्तर्गत समन्वय विषयक प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री भट्टले तीन वटै सरकारबीच समन्वय नहुँदा एक अर्कालाई दोषारोपण गर्ने प्रवृत्ति बढेकामा चिन्ता व्यक्त गरे ।

मुख्यमन्त्री भट्टले तीन वटै तहका सरकारबीच समन्वय भए बजेट विनियोजनमा एकरुपता हुने बताए ।

उनले तीनवटै सरकारबीच समन्वय नहुँदा विकास निर्माणमा ढिलाइ भइरहेको बताउँदै भने , ‘‘संघ, प्रदेश र स्थानीय तहबीच समन्वय अभाव हुँदा एक अर्काबीच दोषारोण गर्ने प्रवृत्ति बढेको छ, यो प्रवृत्ति हटाउन समन्वयको गर्न जरुरी छ ।”

संघीय संसद्, प्रतिनिधिसभा विकास तथा प्रविधि समितिका सभापति कल्याणी खड्काले तीन वटै सरकारबीच समन्वय हुनु जरुरी रहेको बताइन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  १० : ३० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै