विप्लव नेकपाका भोजपुर जिल्ला सदस्य पक्राउ « Khabarhub

विप्लव नेकपाका भोजपुर जिल्ला सदस्य पक्राउ


२२ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर- भोजपुरमा नेत्रविक्रम चन्द समूहका जिल्ला सदस्य पक्राउ परेका छन् । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–१ तिम्मा घर भएका ३३ वर्षीय सुमित परियार पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

परियारलाई गत बुधबार राति हातहतियारसहित सोही गाउँपालिकाको कोटबाट पक्राउ गरेको भए पनि आज मात्र प्रहरीले सार्वजनिक गरेको हो ।

परियारको साथबाट बम बनाउन प्रयोग गरिने डिटोनेटर दुई थान, थ्रीनटथ्री राइफलको गोली तीन थान, नेपाल टेलिकमको पाँच थान र एनसेलको एक थान सिमकार्ड बरामद भएको छ ।

साथै परियारको साथबाट चन्दा असुली गरेको रसिद र पार्टीका केही दस्तावेजसमेत बरामद भएको भोजपुरका प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले बताए ।

 

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  ८ : ०६ बजे

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

निर्वाचन ७४ दिन बाँकीः आचारसंहितामा कस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल पुस ६ गते आइतबार तदनुसार