शुक्रराज ट्रपिकलबाट भागेका कोरोना संक्रमणको आशंका गरिएका बिरामी बीपी कोइराला अस्पतालको आइसोलेसनमा | Khabarhub Khabarhub

शुक्रराज ट्रपिकलबाट भागेका कोरोना संक्रमणको आशंका गरिएका बिरामी बीपी कोइराला अस्पतालको आइसोलेसनमा


२२ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट भागेरका कोरोना आशंका गरिएका बिरामी धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका छन् ।

इलाका प्रहरी कार्यालय धरानका अनुसार शुक्रराज अस्पतालबाट बुधबार राति भागेर आज ( बिहीबार) धनार पुगेका ती पुरुषलाई उनकी पत्नीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगेकी हुन् ।

अहिले प्रतिष्ठानको आइसोलेसन वार्डमा भर्ना गरीएको र थप उपचार थालिएको अस्पताल स्रोतले जनाएको छ ।

‘काठमाडौंबाट भाग्नुभएको व्यक्ति अहिले उहाँको श्रिमतीले नै अस्पतालमा लिएर आउनुभएको थियो, अहिले उहाँको स्वास्थ्य परीक्षण गरेर भर्ना गरिएको छ,’ इलाका प्रहरी कार्यालय धरानका प्रहरीले खबरहबसँग भने, ‘उहाँहरु आफै अस्पतालमा आउनु भएको थियो ।’

केही दिन अघि कोरियाबाट स्वदेश फर्किएर काठमाडौंको एक होटलमा रहेका ती पुरुषमा ज्वरोको लक्षण देखिएपछि स्वास्थ परीक्षणका लागि  उनकी पत्नीले नै शुक्रराज अस्पताल लगेकी थिइन् ।

शुक्रराज अस्पतालले आइसोलेसनमा भर्ना हुनुपर्ने र कोरोना नेगेटिभ देखिएमात्र घर जान पाइने बताए पनि उनी राति नै अस्पतालबाट भागेका थिए ।

घटना के थियो ?

केही दिनअघि सुनसरीका ३२ वर्षका एकजना पुरुष कोरियाबाट स्वदेश फर्किए थिए । कोरियाबाट फर्किएपछि काठमाडौंको एक होटलमा बसेका उनलाई ज्वरो आएपछि  पत्नीले कोरोना भाइरसको संक्रमण भएको हुनसक्ने भन्दै परीक्षणका लागि काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुर्‍याएकी थिइन् ।

बुधबार पत्नीसँगै आएका ती युवालाई टेकु अस्पतालका चिकित्सकहरुले प्रारम्भिक जाँच गरे । कोरोना प्रभावित क्षेत्रबाट फर्किएको केही दिन मात्र भएको र ज्वरो समेत आएकाले चिकित्सकहरुले कोरोना भाइरसको आशंका गर्दै आइसोलेसनमा भर्ना गर्ने तयारी गरे । तर, ती युवा आइसोलेसनमा बस्नुपर्ने भनेपछि डराए ।

अस्पतालका चिकित्सकहरुले उनलाई कोरोना परीक्षण गरिने र कोरोनाको परीक्षण नेगेटिभ देखिएमा घर पठाउने बताएका थिए । तर ती युवा भने बुधबार राति नै चिकित्सकलाई जानकारी नगराइ अस्पतालबाट भागे ।

बुधबार साँझ आएकाले अस्पतालले ती युवाको कारोना परीक्षण आज (बिहीबार) गर्ने तयारी समेत गरेको थियो । ती युवा अस्पतालबाट भागेको कुरा अस्पताल प्रशासनले लुकाउने प्रयास गर्‍यो ।

अस्पतालबाटै कोरोनाको आशंका गरिएका व्यक्ति भागेको विषयमा बुझ्दा अस्पतालका निर्देशक डाक्टर सागर भण्डारीले आफूलाई कुनै जानकारी नभएको बताए ।

‘यो विषयमा मलाई कुनै जानकारी छैन, मैले हाम्रो अनुप डाक्टरसाबसँग बुझ्नुपर्ने छ, मैले अहिलेसम्म बुझेको छैन ,’ डा भण्डारीले खबरहबसँग भने ।

स्रोतका अनुसार बिहीबार बिहान अस्पताल प्रशासनका चिकित्सकहरुले प्रहरीको सहयोगमा उनको मोवाइल नम्बर ट्रेसिङ गर्दा लोकेशन त्रिभुवन विमानस्थलमा देखाएका थियो । विमानस्थलमा लोकेशन देखाए पनि उनलाई टेकु अस्पताल ल्याउने प्रयास भने भएन ।

केही बेरमा उनी विमान चढेर विराटनगर पुगिसकेका थिए ।

कोरोनाको आशंका गरिएका व्यक्ति भागेर विराटनगर पुगेपछि मात्रै टेकु अस्पतालका निर्देशक भण्डारीले बिरामी भागेको स्वीकार गरे ।

‘केही दिन अघि कोरियाबाट आएर होटलमा बसेका व्यक्तिलाई उनकी श्रिमतीले कोरोनाको आशंकामा अस्पतालमा ल्याएकी थिइन् । अस्पतालमा आएपछि उनीहरु आफैं डराएर अस्पतालमा बस्न मानेनन्,’ डा भण्डारीले हाँस्दै भने, ‘ती युवाले मलाई कोरोना भएको छैन भनेर बस्न मानेन् ।’

डा भण्डारीले ती बिरामी अस्पताल बस्न नमानेपछि आज (बिहीबार) कोरोना परीक्षणका लागि बोलाइएको बताए ।

तर बिरामी नआएपछि प्रहरीको सहयोगमा मोवाइ नम्बर ट्रेसिङ गर्दा बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको लोकेशन देखाएको डा भण्डारीले बताए ।

अस्पतालबाट भागेका उनी विराटनगर पुगेपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेन वार्डमा उपचाररत छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  ८ : ३१ बजे

नवपुस्तालाई न्यायको अनुभूति दिलाउने गरी कार्य गर्न गृहमन्त्री अर्यालको कर्मचारीलाई निर्देशन

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले नवपुस्ताको जनभावना अनुप काम गर्न र

स्पेनमा ५० हजार दर्शकबीच प्यालेस्टिनी टोलीको मैत्रीपूर्ण खेल

बिलबाओ– प्यालेस्टिनी फुटबल खेलाडीहरूको चयन गरिएको टोलीले शनिबार बास्क देशका

निर्वाचन आयोगद्वारा दुर्गा प्रसाईँको नागरिक बचाउ दल सनाखत

काठमाडौं– व्यवसायी दुर्गा प्रसाईँको समर्थनमा नागरिक बचाउ दल दर्ताका लागि

अमेरिकाद्वारा बी-६१-१२ आणविक बमको सफल उडान परीक्षण सम्पन्न

वासिङ्टन– संयुक्त राज्य अमेरिकाले आफ्नो अत्याधुनिक बी–६१–१२ आणविक गुरुत्वाकर्षण बमको

चितवनका माओवादी कार्यकर्ताद्वारा प्रगतिशील राष्ट्रिय अभियानमा समाहित भएको घोषणा

काठमाडौं– चितवनका नेकपा माओवादी केन्द्रका विभिन्न तहमा रहेका कार्यकर्ताहरूले प्रगतिशील