लकडाउनको १३ औं दिन: यस्तो छ काठमाडौंमा प्रभाव « Khabarhub

लकडाउनको १३ औं दिन: यस्तो छ काठमाडौंमा प्रभाव


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको संक्रमण फैलन नदिन भन्दै सरकारले देशैभर गरेको लकडाउनले नेपालीको जनजीवन प्रभावित बनेको छ । नेपालभरका स्कूल कलेजहरु बन्द छन् भने अत्यावश्यक बाहेक कुनै पनि सवारी साधन चलेका छैनन् ।

बाटोमा फाटफुट सवारी साधनहरु सवारी पास बनाएर चलिरहेका छन् । नेपालमा कोरोना संक्रमित ९ पुगेसँगै सरकारले लकडाउनमा थप कडाइ गर्ने जनाएको छ ।

राजधानीका मुख्य सडकहरु पूर्ण रुपमा बन्द छन् भने कतै फलफूल पसल र खाद्यान्न पसल भने खुलेका देखिन्छन् । सडक लगभग सुनसान छ । कतै जाम छैन । मान्छेको चहलपहल निकै पातलो छ । यद्यपि साँझपख भित्री सडकहरूमा भने मान्छेको चहलपहल हुन थाल्छ ।

सडकमा अरु बेलाका तुलनामा ट्राफिक चेकिङ भने बाक्लो छ । प्राय: व्यस्त रहने काठमाडौंको कोटेश्वर, थापाथली, सिंहदरवार, बानेश्वर लगायतका स्थानमा फाटफुट गाडी मात्र गुडिरहेका छन् । काठमाडौं पहिलेभन्दा स्वच्छ र खुला देखिएको छ । हेर्नुहोस् तस्वीरहरुः

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ११ : ४६ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ