कोरोनाको महामारी फैलिएको न्युयोर्कमा बस्दै आएका दुई नेपालीको मृत्यु « Khabarhub

कोरोनाको महामारी फैलिएको न्युयोर्कमा बस्दै आएका दुई नेपालीको मृत्यु


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोनाको महामारी फैलिएको अमेरिकाको न्युयोर्क राज्यमा दुई नेपालीको मृत्यु भएको छ ।

झण्डै २० बर्षदेखि न्युयोर्कमा बस्दै आएका उनीहरुको मृत्युको कारण खुलाइएको छैन ।

सन्नीसाइडमा बस्दै आएका थोक्मे बिष्टको  अपार्टमेन्टमा नै मृत्यु भएको छ ।  ४८ बर्षीय बिष्ट माथिल्लो मुस्ताङको लोमान्थाङका रहेको जनाइएको छ ।

विष्टको शनिबार विहान ९ बजे घरमै निधन भएको र बेलुका ६ बजेतिर  प्रहरी र मेडिकल टिम आएर शव लगेको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

मुस्तांग किदुगको पूर्वअध्यक्ष नोर्बु बिष्टका अनुशार सुरुमा टाउको दुख्ने र स्वास फेर्न गाह्रो हुने समस्या भएपछि बिष्ट सीटीएमडीमा उपचारका लागि गएका थिए ।

त्यसपछि उनलाई घरमै आराम गरेर बस्न भनिएको थियो । सीटीएमडीले घरमै बस्न भनेपछि बिष्ट माउन्ट साइनाई अस्पतालमा समेत गएका थिए ।

अस्पतालले एक्सरे गरेपछि फोक्सोमा समस्या रहेको बताएको थियो । तर अस्पतालले भर्ना लिन नमानी घरमै आराम गर्न भनेको र केहीदिनमा रिपोर्ट दिने बताएको थियो । रिपोर्ट नआउँदै बिष्टको निधन भएको हो ।

यस्तै मुस्ताङ घर भई न्युयोर्कको क्वीन्स जमैकामा बस्ने सोनाम लामाको पनि  मृत्यु भएको छ । नुप्री एसोसिएसनका पूर्वअध्यक्ष मिङमार लामाका अनुसार उनको कोठाभित्रै मृत्यु भएको छ ।

जमैकामा एक्लै बस्दै आएका ४० बर्षीय लामा केही दिनदेखि बिरामी थिए । उनको पनि मृत्यु कारण खुलेको छैन ।

न्युयोर्कमा कोरोना भाइरसको महामारी फैलिएका कारण उनको पनि मृत्यु कोरोनाकै कारण भएको आशंका गरिएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  १० : २६ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर