प्रिमियर लिगका खेलाडीको ३० प्रतिशत तलब काट्दा समस्या हुन्छ : पीएफए « Khabarhub

प्रिमियर लिगका खेलाडीको ३० प्रतिशत तलब काट्दा समस्या हुन्छ : पीएफए


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रोफेसनल फुटबलरर्स एसोसिएसन (पीएफए) ले इङ्ग्लीस प्रिमियर लिगका खेलाडीको ३० प्रतिशत तलब कटौतिमा असहमती जनाएको छ ।

पीएफएले ३० प्रतिशत तलब काट्दा खेलाडीको नेसनल हेल्थ सर्भिसमा असर गर्ने बताएको छ । पीएपएले लिगलाई २० मिलियन च्यारिटिमार्फत् उठाउन समेत आग्रह गरेको छ । कोरोना भाइरस (कोभिड १९) विरुद्धको लडाइका लागि खेलाडीहरुको तलब कटौति हुनसक्ने यसअघि बेलायत सरकारले निर्णय गरेको थियो ।

लिगले खेलाडीको ३० प्रतिशत तलब कटाएर कोरोना महामारीविरुद्धको राहत कोषमा सहयोग गर्ने योजना बनाएको थियो ।

संघले भने ३० प्रतिशत तलब काट्दा ५०० मिलियन युरो ज्यालामा घाटा हुने, २०० मिलियन भन्दा बढी बेलायत सरकारलाई कर दिर्नु पर्ने बताएको छ ।

पीएफएले बेलायतका स्वास्थ सचिव माट ह्यान्कक्सले खेलाडीको तलबका बारेमा सार्वजनिक रुपमा आलोचना गरेको भन्दै दुख व्यक्त गरेको छ ।

सचिव हान्ककले गएको बिहीबार पत्रकार सम्मेलनमा खेलाडीको तलब काटिने बताएका थिए ।

पीएफएले खेलाडीको तलब काट्ने विषयमा खेलाडीसँग छलफल नै नगरि निर्णय गरेको भन्दै आक्रोस व्यक्त गरेको छ । यता, इङ्ग्ल्यान्ड फुटबल संघले भने ३० प्रतिशत तलब काट्ने कुरामा सहमति भएको भन्नेमा कुरामा असन्तुष्टि जनाएको बीबीसीले लेखेको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ११ : ११ बजे

मनोहरा सुकुम्वासी बस्तीका बासिन्दा भन्छन् : महेश बस्नेत हाम्रो विपद्को सारथी

काठमाडौं– स्थानीय सुकुम्वासी बस्तीका बासिन्दाहरूले नेकपा एमालेका नेता महेश बस्नेतप्रति

रोल्पालीको शिर उचो बनाउने काम गरेको छु : वर्षमान

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले आफूले

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

काठमाडौं– आज स्थानीय बजारमा मङ्गलबारको तुलनामा सुनको मूल्य स्थिर छ

मैवाखोलाद्वारा किबीका बिरुवा वितरण

ताप्लेजुङ– मैवाखोला गाउँपालिकाले उन्नत जातका किबीका बिरुवा वितरण गरेको छ

कञ्चनपुरको मणिकाधाममा विद्युत् सेवा विस्तार

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–८ स्थित धार्मिक पर्यटकीय क्षेत्र मुडका (मणिका धाम)मा