प्रिमियर लिगका खेलाडीको ३० प्रतिशत तलब काट्दा समस्या हुन्छ : पीएफए « Khabarhub

प्रिमियर लिगका खेलाडीको ३० प्रतिशत तलब काट्दा समस्या हुन्छ : पीएफए


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रोफेसनल फुटबलरर्स एसोसिएसन (पीएफए) ले इङ्ग्लीस प्रिमियर लिगका खेलाडीको ३० प्रतिशत तलब कटौतिमा असहमती जनाएको छ ।

पीएफएले ३० प्रतिशत तलब काट्दा खेलाडीको नेसनल हेल्थ सर्भिसमा असर गर्ने बताएको छ । पीएपएले लिगलाई २० मिलियन च्यारिटिमार्फत् उठाउन समेत आग्रह गरेको छ । कोरोना भाइरस (कोभिड १९) विरुद्धको लडाइका लागि खेलाडीहरुको तलब कटौति हुनसक्ने यसअघि बेलायत सरकारले निर्णय गरेको थियो ।

लिगले खेलाडीको ३० प्रतिशत तलब कटाएर कोरोना महामारीविरुद्धको राहत कोषमा सहयोग गर्ने योजना बनाएको थियो ।

संघले भने ३० प्रतिशत तलब काट्दा ५०० मिलियन युरो ज्यालामा घाटा हुने, २०० मिलियन भन्दा बढी बेलायत सरकारलाई कर दिर्नु पर्ने बताएको छ ।

पीएफएले बेलायतका स्वास्थ सचिव माट ह्यान्कक्सले खेलाडीको तलबका बारेमा सार्वजनिक रुपमा आलोचना गरेको भन्दै दुख व्यक्त गरेको छ ।

सचिव हान्ककले गएको बिहीबार पत्रकार सम्मेलनमा खेलाडीको तलब काटिने बताएका थिए ।

पीएफएले खेलाडीको तलब काट्ने विषयमा खेलाडीसँग छलफल नै नगरि निर्णय गरेको भन्दै आक्रोस व्यक्त गरेको छ । यता, इङ्ग्ल्यान्ड फुटबल संघले भने ३० प्रतिशत तलब काट्ने कुरामा सहमति भएको भन्नेमा कुरामा असन्तुष्टि जनाएको बीबीसीले लेखेको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ११ : ११ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै