लकडाउनका कारण अलपत्र परेका मजदुरको उद्दार गर्न ट्रेड युनियन काँग्रेसको माग « Khabarhub

लकडाउनका कारण अलपत्र परेका मजदुरको उद्दार गर्न ट्रेड युनियन काँग्रेसको माग


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल ट्रेड युनियन काँग्रेसले सिमानामा रहेका नेपाली श्रमिकलाई उद्धार गर्न सरकारसँग आग्रह गरेको छ । युनियनले एक विज्ञप्ति जारी गर्दै विश्वव्यापीरूपमा फैलँदै गएको कोरोना भाइरसको सम्भावित सङ्क्रमणलाई ध्यानमा राखेर लकडाउन गरेपछि विशेषतः भारतमा श्रम गर्न गएका नेपालीहरू अलपत्र परेको भन्दै उनीहरुको उद्धार र आवश्यक राहतको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको हो ।

ट्रेड युनियन काँग्रेसका महासचिव योगेन्द्रबहादुर कुँवरले सरकारले सीमामा अलपत्र परेका नेपाली श्रमिकको तत्काल उद्धार गरी क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउनुपर्ने बताउनुभयो । ‘राज्यका नागरिकलाई परेको समस्या समाधान गर्ने दायित्व सरकारको हो, सरकारले यथाशीघ्र सीमामा रहेका नागरिकको उद्धार गर्नुपर्छ,’ उनले भने ।

महासचिव कुँवरले सरकारले हालै अत्यावश्यक सेवा तथा वस्तु उत्पादन गर्ने कम्पनीलाई खोल्न दिने निर्णय गर्नु र अर्कोतर्फ नागरिकलाई लकडाउनको पूर्णपालना गर्न लगाउने कुरा विरोधाभाषपूर्ण भएको बताए । उद्योग व्यवसाय सञ्चालन हुँदा माहामारी थप फैलनसक्ने भएकाले हाल कुनै पनि उद्योग कारखाना सञ्चालन गर्न नहुने उनको भनाइ छ ।

अत्यावश्यक सेवा वस्तु उत्पादन गर्नुपर्दा श्रमिकको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी, सङ्क्रमण फैलन नदिन अपनाउनुपर्ने सबै मापदण्डको पालना र राज्यको तर्फबाट प्रभावकारी अनुगमनको व्यवस्था गरेर मात्र सञ्चालनमा ल्याउन नेपाल ट्रेड युनियन काँग्रेसले सरकारसँग माग गरेको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ११ : १८ बजे

यस्तो छ आजका लागि फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

दाङमा रास्वपा कार्यकर्ताले जलाए एमालेको झण्डा

काठमाडौं – दाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यकर्ताले नेकपा एमालेको

एपस्टीन फाइल प्रकरण : हरदीप सिंह पुरीमाथि विपक्षको प्रश्न, मन्त्रीद्वारा आरोप अस्वीकार

नयाँ दिल्ली- अमेरिकी न्याय विभागले हालै सार्वजनिक गरेको ‘एपस्टीन फाइल’

लागूपदार्थसहित विभिन्न स्थानबाट सोह्र जना पक्राउ

काठमाडौं– देशका विभिन्न भागबाट लागूपदार्थसमेत १६ जना पक्राउ परेका छन्।