राप्रपा नेता सुवेदीको निधन « Khabarhub

राप्रपा नेता सुवेदीको निधन


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राप्रपाका पूर्व मुख्य सचिव, सह कोषाध्यक्ष विश्वेश्वर शर्मा सुवेदीको ६५ वर्षको उमेरमा निधन भएको छ ।

लामो समयदेखि मधुमेह रोगबाट ग्रस्त उनको अमेरिकाको ड्यालसमा आज निधन भएको हो ।

तत्कालीन राप्रपा नेपालमा मुख्य सचिवको भुमिका निर्वाह गरेका सुवेदी राप्रपाको पूर्व सह कोषाध्यक्ष समेत थिए । लामो समय निजामती सेवामा रहेका सुवेदी सेवा निवृत्त भएपछि राप्रपामा क्रियाशील थिए ।

निजामती सेवामा रहँदा सुवेदीले लामो समय स्थानीय विकास मन्त्रालय र राप्रपा अध्यक्ष कमल थापा विभिन्न समयमा सरकारमा रहँदा उनको नीजि सचिवालयमा रहेर काम गरेका थिए ।

सुवेदीको निधनमा राप्रपा अध्यक्ष थापाले आफ्नो जीवनको आरोह अवरोहको अभिन्न सहकर्मी गुमाएको भन्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

उनका एक श्रीमती र दुई छोरा छन् ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  १ : ३६ बजे

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक

काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये

गर्भावस्थामा यी तिन खानेकुरा नखाएकै राम्रो 

काठमाडौं– कफीः कफीमा क्याफिन भन्ने तत्त्व हुन्छ । गर्भवती आमाले कफी