कोरोना संक्रमितका १ हजार बढी शव फ्रान्सको मुख्य बजारमा राखियो, चहलपहल उस्तै « Khabarhub

कोरोना संक्रमितका १ हजार बढी शव फ्रान्सको मुख्य बजारमा राखियो, चहलपहल उस्तै


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फ्रान्स– फ्रान्सको राजधानी पेरिसमा रहेको रोँजिस इन्टरनेशनल संसारको सबैभन्दा ठूलो थोक बजार हो ।

कोरोना भाइरसको महामारीका कारण ठूलो संख्यामा मानिसहरुको मृत्यु भएपछि शवको व्यवस्थापनका लागि अहिले यो बजारलाई अस्थायी शवगृह बनाइएको छ ।

फ्रान्समा हालसम्मा कोरोना भाइरसका कारण ७ हजार ५ सय भन्दा धेरैको मृत्यु भइसकेको छ ।

तर, अस्थायी शवगृह बनाइएपनि उक्त बजार भने बन्द गरिएको छैन । बजारमा मानिसहरुको चहलपहल र सामानको कारोबार पनि नियमित भइरहेको छ ।

पेरिसको दक्षिणी क्षेत्रमा रहेको उक्त बजारमा १ हजारभन्दा धेरै कफिन अट्नेगरी शवगृह बनाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

शव नबिग्रियोस् भन्नाका लागि शवगृहमा चिस्यानको समेत बन्दोबस्त गरिएको छ ।

कोरोना भाइरसका कारण मृत्यु भएका मानिसहरुको शव राख्नका लागि पर्याप्त स्थान नभएका कारण बजारलाई नै अस्थायी शवगृह बनाउनुपरेको प्रहरीले जनाएको छ ।

शुक्रबारबाट शवहरु आउन शुरु भएको र सोमबारबाट आफन्तहरुलाई उच्च सतकर्तासाथ शव हेर्न दिइने जनाइएको छ ।

थोक बजारको एउटा कुनामा बनाइएका कारण शवगृहले बजारमा हुने कारोबारमा कुनै असर नपर्ने जनाइएको छ ।

५७५ एकड क्षेत्रफलमा फैलिएको उक्त बजारमा १५ हजारभन्दा धेरैले काम गर्दै आएका छन् ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  १ : ५२ बजे

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल