कोरोना संक्रमणको उच्च जोखिममा वीरगन्ज, परीक्षण गर्ने मेसिन पठाइदिन चिकित्सकको आग्रह « Khabarhub

कोरोना संक्रमणको उच्च जोखिममा वीरगन्ज, परीक्षण गर्ने मेसिन पठाइदिन चिकित्सकको आग्रह


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतसँग सीमा जोडिएको प्रमुख नाका वीरगन्जका स्वास्थ्यकर्मीहरुले नारायणी अस्पतालमा पनि कोरोना भाइरसको नमूना परीक्षणको व्यवस्था गर्न माग गरेका छन् ।

भारतबाट भित्रिनेको संख्या धेरै भएको तथा संक्रमणको जोखिम उच्च रहेको भन्दै स्वास्थ्यकर्मीहरुले वीरगन्जको नारायणी अस्पतालमा पनि कोरोना परीक्षणका लागि पोर्टेबल पीसीआर मेसिन जडान गरिनुपर्ने माग गरेका हुन् ।

केन्द्र सरकारले केही दिन अगाडि चीनबाट ल्याएका पीसीआर मेसिनमध्ये प्रदेश नम्बर २ लाई पनि एउटा दिएको थियो । तर, उक्त मेसिन जनकपुरको प्रादेशिक अस्पतालमा जडान गरिएको छ ।

‘यहाँबाट जनकपुर पुग्नै ४ घण्टा लाग्छ, त्यसमाथि पीसीआर मेसिनले दैनिक ५ देखि १० वटा नमूनाको मात्रै परीक्षण गर्न सक्छ,’ नारायणी अस्पतालका फिजिसियन डा. उदयनारायण सिंहले भने, ‘भारतबाट धेरै व्यक्ति प्रवेश गरेको र कोरोना संक्रमणको उच्च जोखिम भएका कारण वीरगन्जमै परीक्षणको व्यवस्था हुनु पर्छ भन्ने हाम्रो माग हो ।’

डा सिंहका अनुसार अहिले कोरोना संक्रमणको आशंकामा वीरगन्जको नारायणी अस्पतालको आइसोलेसन वार्डमा ५ जना बिरामी भर्ना भएका छन् । जसमध्येका २ जनाको नेगेटिभ रिपोर्ट आएको छ भने ३ जनाको रिपोर्ट आउन बाँकी छ ।

यस्तै, कोरोना संक्रमणको आशंकामा थप ३५ जनाको पनि नमूना संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइएको डा सिंहले बताए ।

‘यहाँ पनि भारतका विभिन्न ठाउँमा भएका मुस्लिम जमातबाट फर्किएकाहरु धेरै छन् । जसमध्येका ३५ जनाको नमूना संकलन गरी परीक्षणका लागि काठमाडौं पठाएका छौं,’ डा सिंहले भने, ‘भारतमा अहिले मुस्लिम जमातमा सहभागीहरुमा एकपछि अर्को कोरोना संक्रमण देखिएको समाचारहरु आइरहेका छन् । हाम्रो यहाँ पनि त्यस्तो जोखिम भएकाले ती व्यक्तिको जतिसक्दो छिटो परीक्षणका लागि हामीले नारायणी अस्पतालमै मेसिन राखिनु पर्छ भनेका हौं ।’

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ४ : ३९ बजे

काठमाडौंमा ईश्वर पोखरेल पक्षको भेला, महाधिवेशनमा उठाएका मुद्दाहरूलाई निरन्तरता दिने

काठमाडौं– नेकपा एमालेका नेता ईश्वर पोखरेल पक्षको भेलाले महाधिवेशनमा आफूहरूले

आगामी निर्वाचनमा सही प्रतिनिधि चयन गर्न मन्त्री खरेलको आग्रह

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आगामी निर्वाचनमा

मेरो लडाइँ जारी छ, विजय हुन बाँकी नै छ : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो लडाइँ

जेन–जी शहीदका परिवार भेटेपछि भक्कानिए रवि

काठमाडौँ – काठमाडौँ आइपुगे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते