सुदूरपश्चिममा कोरोनाभाइरसको सङ्क्रमण धेरै, परीक्षण अत्यन्त न्यून | Khabarhub Khabarhub

सुदूरपश्चिममा कोरोनाभाइरसको सङ्क्रमण धेरै, परीक्षण अत्यन्त न्यून


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कैलाली र कञ्चनपुरमा थप तीनजनामा कोरोनाभाइरस सङ्क्रमण देखिएपछि सुदूरपश्चिम प्रदेशमा सङ्क्रमितहरूको सङ्ख्या चार पुगे पनि त्यहाँ कोरोना भाइरसको परीक्षण अत्यन्त न्यून रहेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ती चार जना सङ्क्रमितमध्ये तीन जना विदेशबाट आएका हुन् भने एकजनालाई स्थानीयस्तरमै सङ्क्रमण सरेको हो ।

न्यून परीक्षणको त्रास

नेपालमा हालसम्म सुदूरपश्चिममा देखिएको यो संक्रमणको घटना सबैभन्दा धेरै भए पनि संक्रमणको आशंका लागेकाहरुको परीक्षणका लागि पर्याप्त किट नभएको बताइएको छ ।

यस क्षेत्रमा एक हजार मात्र परीक्षण किट रहेको बताइएको छ। सेती प्रादेशिक अस्पतालमा रहेको मेसिनले दिनमा चारवटा मात्र स्वाबको परीक्षण गर्न सक्छ।

फागुन १ गतेदेखि कोरोनाभाइरस सङ्क्रमण जाँच्न ‘थ्रोट स्वाब’ परीक्षणका लागि हालसम्म १ सय ५१ वटा पठाइएका मध्ये १८ वटा नमुनाको परीक्षण रिपोर्ट आउन बाँकी छ।

गएको मङ्गलबार जाँच्ने मेसिन धनगढी पुर्‍याइएपछि शुक्रवारदेखि मात्र कैलालीमै परीक्षण सुरु भएको थियो। त्यहाँ परीक्षण गरिएका कुनै पनि नमुनामा सङ्क्रमण नभेटिएको सेती प्रादेशिक अस्पताल धनगढीले जनाएको छ।

वरिष्ठ फिजिसियन डा शुभेषराज कायस्थले अहिलेको स्थितिमा तदारुकताका साथ परीक्षण गर्नु नितान्त आवश्यक रहेको बताए ।

“अब सरकारले यहाँको स्रोत आकलन गर्नुपर्छ, अन्यथा विस्फोट हुने सम्भावना देखिएको छ।”

“पहाडी जिल्लामा पनि ठूलो सङ्ख्यामा मानिस भित्रिएका छन्। अहिलेसम्म बाहिरबाट आएकाहरूमा मात्र परीक्षण गरिएको छ अब समुदायस्तरमा जानु पर्छ’, उनले भने ।

क-कसलाई सङ्क्रमण?

धनगढीका पहिलो सङ्क्रमित ३४ वर्षीय युवा थिए भने अहिले उनकी भाउजुमा पनि सङ्क्रमण पाइएको छ। नेपालमा स्थानीयस्तरमै कोरोना सङ्क्रमण देखिएको यी पहिलो हो।

अर्का सङ्क्रमित कैलालीको लम्की निवासी पुरुष हुन्। २१ वर्षीय ती युवक केही समय अघि भारतको मुम्बईबाट आएका थिए। क्‍वारेन्टाइनमा राखिएका उनलाई गत शुक्रबार साँझ कोरोनासङ्क्रमण भएको पुष्टि भएको हो।

कञ्‍चनपुरको बेतकोटका ४१ वर्षीय पुरुष अर्का संक्रमित हुन् । उनी रोजगारीका क्रममा भारतको उत्तराखण्डमा थिए। नेपाल आएपछि क्‍वारेन्टाइनमा राखिएका उनीमा पनि शुक्रवार सङ्क्रमण पुष्टि भएको हो। सङ्क्रमण पुष्टि भएपछि धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उनीहरूको उपचार थालिएको छ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ५ : २७ बजे

दक्ष जनशक्तिबिना विकास सम्भव छैन : मन्त्री खड्का

खाँदबारी– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले दिगो समृद्धिको आधार दक्ष

आमा समूहद्वारा क्यान्सरपीडितलाई आर्थिक सहयोग

गण्डकी– पोखरा महानगरपालिका–१७ घारीपाटनमा रहेको शुभकामना आमा समूहले क्यान्सरपीडित सदस्यलाई

राष्ट्रियसभा बैठक : लिपुलेक विवादबारे कूटनीतिक समाधान खोज्न सांसदहरूको माग

काठमाडौं– सांसदहरूले भारत र चीनबीच नेपालको लिपुलेक भएर दुई देशबीचको

सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न प्रदेश सरकारले सञ्चार नियमन ऐन ल्याउने : गृहमन्त्री लेखी

जनकपुरधाम– मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री राजकुमार लेखीले सञ्चार क्षेत्रलाई व्यवस्थित

कोशी प्रदेश आमसञ्चार विधेयकसम्बन्धी प्रतिवेदन पेस

विराटनगर– कोशी प्रदेशसभाको शुक्रबारको बैठकमा ‘कोशी प्रदेश आमसञ्चार सम्बन्धमा व्यवस्था