लकडाउनका बेला नेपालबाट भारततर्फ इन्धन तस्करी « Khabarhub

लकडाउनका बेला नेपालबाट भारततर्फ इन्धन तस्करी


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– सरकारले कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोक्न देशव्यापी लकडाउन गरेको मौका छोप्दै तस्करहरुले नेपालबाट भारतीय बजारतर्फ इन्धन तस्करी गर्न थालेका छन् ।

नेपालको तुलनामा भारतीय बजारमा महङ्गो मूल्यमा पाइने पेट्रोल र डिजेल नेपालबाट भारत तस्करी हुन थालेको हो ।

कोरोनाका कारण भारतमा पनि ३ साता लामो लकडाउनका कारण बजार बन्द छ । सीमावर्ती बजारमा पेट्रोल पम्पहरु समेत बन्द छन् । यस्तो अवस्थामा तस्करहरुले नेपालका पम्पबाट इन्धन भरेर भारतीय बजारमा महङ्गो मूल्यमा बिक्री गर्न थालेका छन् ।

शनिबार मात्रै पर्सा प्रहरीले भारततर्फ तस्करी गर्न लागिएको ४ सय लिटर डिजेल र २ सय लिटेर पेट्रोल बरामद गरेको छ ।

प्रहरीका अनुसार शनिबार साँझ करिब ६ बजेको समयमा तस्करहरुले नेपालको वीरगन्जबाट भारततर्फ पेट्रोल र डिजेल तस्करी गर्न लागेका थिए । तर, गस्तीमा रहेको प्रहरी टोली देखेपछि उनीहरु बीच बाटोमै इन्धन छाडेर भागेका थिए ।

प्रहरीले बीच बाटोमा छाडिएका डिजेलका २ र पेट्रोलको १ वटा ड्रम बरामद गरेको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ६ : ०४ बजे

उदयपुरमा भेटिएको शंकास्पद वस्तु नष्ट गरियो

उदयपुर – जिल्लाको चौदण्डीगढी नगरपालिका–२ लाटीखोलास्थित मदन भण्डारी सडकमार्गमा फेला

इजरायल–अमेरिकी आक्रमण : इरानको नयाँ सर्वोच्च नेता चयन गर्ने भवन निशानामा

तेहरान – इजरायल र अमेरिकाले मङ्गलबार इरानको नयाँ सर्वोच्च नेता

निर्वाचनविरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौं – देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ

मध्यपूर्वको तनावले समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता

काठमाडौं – इजरायल–अमेरिका र इरानबीचको तनावले नेपालको समग्र अर्थतन्त्रमा नकारात्मक

खोटाङमा मतगणनास्थल निर्माण

खोटाङ – खोटाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनास्थल तयार पारेको