लकडाउनका बेला नेपालबाट भारततर्फ इन्धन तस्करी | Khabarhub Khabarhub

लकडाउनका बेला नेपालबाट भारततर्फ इन्धन तस्करी


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– सरकारले कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोक्न देशव्यापी लकडाउन गरेको मौका छोप्दै तस्करहरुले नेपालबाट भारतीय बजारतर्फ इन्धन तस्करी गर्न थालेका छन् ।

नेपालको तुलनामा भारतीय बजारमा महङ्गो मूल्यमा पाइने पेट्रोल र डिजेल नेपालबाट भारत तस्करी हुन थालेको हो ।

कोरोनाका कारण भारतमा पनि ३ साता लामो लकडाउनका कारण बजार बन्द छ । सीमावर्ती बजारमा पेट्रोल पम्पहरु समेत बन्द छन् । यस्तो अवस्थामा तस्करहरुले नेपालका पम्पबाट इन्धन भरेर भारतीय बजारमा महङ्गो मूल्यमा बिक्री गर्न थालेका छन् ।

शनिबार मात्रै पर्सा प्रहरीले भारततर्फ तस्करी गर्न लागिएको ४ सय लिटर डिजेल र २ सय लिटेर पेट्रोल बरामद गरेको छ ।

प्रहरीका अनुसार शनिबार साँझ करिब ६ बजेको समयमा तस्करहरुले नेपालको वीरगन्जबाट भारततर्फ पेट्रोल र डिजेल तस्करी गर्न लागेका थिए । तर, गस्तीमा रहेको प्रहरी टोली देखेपछि उनीहरु बीच बाटोमै इन्धन छाडेर भागेका थिए ।

प्रहरीले बीच बाटोमा छाडिएका डिजेलका २ र पेट्रोलको १ वटा ड्रम बरामद गरेको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ६ : ०४ बजे

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङ– लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

इतिहास हराएको एउटा अग्राख योद्धा 

मेरा प्रिय दाइमध्येका एक हुन्– नन्दु उप्रेती, जसलाई कुनै समय

‘विश्व रेडियोग्राफी तथा अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ मनाईँदै

काठमाडौं– ‘विश्व रेडियोग्राफी दिवस’ तथा ‘अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ आज देशभर

के थियो आलममाथिको इँटाभट्टा प्रकरण ?

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको गएराति निधन भएको

हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल