परपुरुषसँग सम्बन्ध राखेको भन्दै बुहारीको हत्या गर्ने सासु–ससुरा पक्राउ « Khabarhub

परपुरुषसँग सम्बन्ध राखेको भन्दै बुहारीको हत्या गर्ने सासु–ससुरा पक्राउ


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परपुरुषसँग सल्किएको निहुँमा बुहारीको हत्या गरेको अभियोगमा पर्सा प्रहरीले सासु–ससुरासहित ५ जनालाई नियन्त्रणमा लिएको छ ।

पर्साको बहादुरमाई नगरपालिका–८ घर भएकी २५ वर्षीया उर्मीला देवी पण्डितको हत्या गरेको अभियोगमा उनका ५१ वर्षीय ससुरा सुरेश पण्डित, सासु ५१ वर्षर्क फूलकुमारी देवी र उनकी देउरानी २२ वर्षीय माल्दा देवीलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले अन्यन २ जनालाई पनि पक्राउ गरिएको जनाए पनि उनीहरुको नाम भने खुलाइएको छैन ।

प्रहरीका अनुसार ससुरा सुरेशसहित सासु फूलकुमारी समेतले उर्मीलाको हत्या गरी शनिबार राति ११ बजेतिर जलाउन लागेका थिए ।

स्थानीयको सूचनाका आधारमा घटनास्थलमा पुगेको प्रहरीले उर्मीलाको शव जलाउँदै गरेको अवस्थामा समेत बरामद गरेको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा ससुरा सुरेशसहितले परपुरुषसँग अनैतिक सम्बन्ध राखेको भन्दै उर्मीलाको हत्या गरेको देखिएको छ ।

प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ६ : २० बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु