काठमाडौं – च्याम्पियन्स लिग र युरोपा लगिको फाइनल खेल ४ महिनापछि धकेलिएको छ ।
युरोपियन फुटबल महासंघ (युईएफए) का अध्यक्ष एलेक्जेन्डर सेफरिनले च्याम्पियन्स लिग र युरोपाको फाइनल खेल अगष्टमा हुने बताएका छन् ।
जर्मन टेलिभिजन जेटडीएफसँग कुराकानी गर्दै अध्यक्ष सेफरिनले कोरोना भाईरसको महामारीको कारण स्थगित च्याम्पियन्स लिग र युरोपाको फाइनल अगष्टमा हुने बताएका हुन् ।
उनले फाइनलको सम्भावित मिति अगष्ट ३ रहेको समेत बताएका छन् । उनले भनेको मितिमा खेल भए अरु ४ महिना कुर्नुपर्ने हुन्छ ।
कोरोना भाइरसको महामारीले युईएफएले च्याम्पियन्स र युरोपा लिग अनिश्चितकालका लागि स्थगित गरेको थियो ।
प्रतिक्रिया