राज्यमन्त्री मानन्धरले गरे स्वास्थ्यमन्त्रीलाई ‘पीपीई’ हस्तान्तरण « Khabarhub

राज्यमन्त्री मानन्धरले गरे स्वास्थ्यमन्त्रीलाई ‘पीपीई’ हस्तान्तरण


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले कोरोना विरुद्धको स्वास्थ्य उपचारमा संलग्न चिकित्सकका लागि आवश्यक पीपीई  हस्तान्तरण गरेका छन् ।

स्वास्थ्य मन्त्रालयमा आज राज्यमन्त्री मानन्धरले स्वास्थ्यमन्त्री भानु भक्त ढकाललाई ३०० थान पीपीई सेट हस्तान्तरण गरेका हुन् ।

नेपाल-भारत मानव विकास एवं मैत्री संघको सहयोगमा उक्त पीपीई सेट हस्तान्तरण गरिएको हो । पीपीई सेट हस्तान्तरण गर्दै राज्यमन्त्री मानन्धरले विपद्को समयमा सरकार जनताको साथमा रहेको बताउँदै सबैले आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्न आह्वान गरे ।

राज्यमन्त्री मानन्धरले कोरोना विरूद्ध सरकारले चालेका कदममा साथ र सहयोगसहित सबैले हातेमालो गर्नुपर्ने बताए ।

पीपीई ग्रहण गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकाललाई कोरोनाको उपचारमा कुनै कसर बाँकी नराख्ने बताए । उक्त पीपीईको गुणस्तर हेरी उपचारमा संलग्न चिकित्सकलाई प्रदान गरिने बताए ।

मन्त्री ढकालले नागरिका तर्फबाट हुने सहयोगले पनि चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल बढाउन सहयोग पुग्ने बताए । हस्तान्तरणका अवसरमा संघका अध्यक्ष सूर्यप्रसाद भुषालले नेपालमा निर्मित पीपीई कोरोना उपचारमा संलग्न हुने चिकित्सकका लागि उपयुक्त हुने समेत दाबी गरे ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ७ : २१ बजे

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक

काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये

गर्भावस्थामा यी तिन खानेकुरा नखाएकै राम्रो 

काठमाडौं– कफीः कफीमा क्याफिन भन्ने तत्त्व हुन्छ । गर्भवती आमाले कफी