के पारस र सोनिकाबीच ‘ब्रेक अप’ भएको हो ? « Khabarhub

के पारस र सोनिकाबीच ‘ब्रेक अप’ भएको हो ?


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- केही समय यता पूर्व युवराज पारस शाह र युट्युवर सोनिका रोकायाबीचको सम्बन्धलाई लिएर सामाजिक सञ्जालमा चर्चा हुने गरेको छ ।

सोनिकासँग नजिक रहेका पूर्व युवराज शाहले ‘ब्रेक अप फाइनल्ली, फ्री एट लास्ट… स्टाटस लेखेपछि उनीहरुबीचको सम्बन्धमा खटपट भएको विषय सामाजिक सञ्जालमा चर्चा भएको हो ।

पछिल्लो समय सोनिकासँगको सम्बन्धमा रहेका पारसले उनैसँग सम्बन्ध विच्छेद गरेका हुन् त ? भन्ने प्रश्न पनि सामाजिक सञ्जालमा उठेका छन् ।

उनको यो स्टाटस लेखेपनि कोसँग ब्रेक अप भएको हो भन्ने खुलाएका छैनन् । सोनिकासँग नजिक भएपछि आलोचना खेप्दै आएका उनको घरपरिवारसँग पनि राम्रो सम्बन्ध छैन ।

लकडाउनको समयमा उनी विन्दास मुडमा पोखरामा समय बिताइरहेका छन् । उनले होटलमा मध्यरातमा पार्टी गरेका भिडियोहरु समेत फेसबुकमार्फत अपडेट गरिरहेका छन् । पटक-पटक फेसबुक लाइभमा समेत जोडिदै आएका छन् ।

फेसबुक लाइभमा बाहिर हिँडेका मानिसहरुलाई देखाउँदै भन्छन्-  खै त लकडाउन ?

गत शुक्रवार राति पोखराको लेकसाइडमा जोस्टेलमा पार्टी गरिएको भिडियो समेत उनले सामाजिक सञ्जालमा अपलोड गरेका छन् ।  जहाँ १५ -२० जना युवायुवती खानपानमा मस्त देखिन्छन् । भिडियोमा पारसको आवाज सुनिन्छ- ‘नो कोरोना…’

पत्नी हिमानी शाह लगायत घरपरिवारसँग सम्बन्ध राम्रो नभए पनि पछिल्लो समय सोनिकासँग नजिकिएका कारण उनीसँग नै ब्रेक अप भएको हुन सक्ने सामाजिक सञ्जालमा चर्चा छ ।

उनको अर्को स्टाटस यस्तो छ –

 

यसैबीच शाहले आफूलाई तेस्रो पटक हृदयाघात भएको भन्ने समाचारहरु झुटो भएको बताएका छन् । उनले स्वास्थयमा केही समस्या नभएको बताएका छन् ।

आफूलाई हृदयघात भएको भन्ने समाचारहरु सार्वजनिक भएको भन्दै उनले आश्चर्य प्रकट गरे ।

सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ गर्दै पूर्व युवराज शाहले आफू हर्ट अट्याक हुने मानिस नभएको र यस्तो भ्रम नछर्न आग्रह गरे ।

उनले आफ्ना बारेमा काम नपाएका मानिसहरुले अनर्गल प्रचार गर्ने गरेको भन्दै उनले दुःख व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ९ : ३२ बजे

किशोरीलाई मात्र एचपीभी खोप लगाउँदा क्यान्सरको जोखिम यथावत, सरकार भन्छ- स्रोत छैन

काठमाडौं- सरकारले यसवर्ष ३ लाख बढी किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध

निर्वाचनमार्फत जिम्मेवारी हस्तान्तरण गर्न सरकार लागिसकेको छ : गृहमन्त्री 

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले  वर्तमान सरकार विधिको शासन, भ्रष्टाचार मुक्त

महाकालीसन्धिका तीन दशक : सिँचाइका लागि बगेन पानी

महेन्द्रनगर– नेपाल–भारतबीच महाकालीसन्धि भएको तीन दशक पूरा भइसकेपनि महाकाली सिँचाइ

रास्वपाले चाह्यो भने समानुपातिक सूची सच्याउन सक्छ, तर, कसरी ?

काठमाडौं– आफूलाई नयाँ वैकल्पिक शक्तिको रूपमा दाबी गरेर नेपाली राजनीतिमा

फिल्म ‘कुमारी’को गीत ‘डोको बुन्ने’मा अविषेक र आकृतिको केमेस्ट्री

काठमाडौं – माघ २३ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘कुमारी’को